arrow

माघीपछि थारु समुदायमा अगुवा छान्नेको चटारो

logo
पुस्कर पौडेल
प्रकाशित २०७६ माघ ३ शुक्रबार
tharu2.jpg

धनगढी । थारु समुदायका नागरिकहरुले माघी पर्वलाई नयाँ वर्षको रुपमा लिने गर्दछन् । यो समयमा उनीहरु आफ्नो गाउँको लागि अगुवा (भलमन्सा) समेत चुन्ने गर्दछन् । एक बर्षका लागि नेतृत्व लिने गरि भलमन्सा छान्ने प्रचलन रहेको छ । माघी पर्व सुरु भएसँगै अहिले थारु समुदायमा भलमन्सा छान्ने चटारो छ ।

प्रायजसो सर्वसम्मतिमै भलमन्सा छानिने गरेपनि कतिपय अवस्थामा भने सहमति नभए चुनाव समेत हुने गरेको छ । भलमन्सासँगै यसबेला थारु सामुदायले गाँउको हुलाकीको काम गर्ने चिरकिया अर्थात चौकीदार, घरमुलीसमेत छनोट गर्ने गरेका छन । स्थानीयले अव आउने नयाँ भलमन्सा गाउँ समाजको विकास लगायत आफुहरुको समस्याको समधान हुने खालको छान्ने तयारीमा रहेको बताएका छन् ।

विकास निर्माण लगायत आफुहरुको समस्यालाई समधान गर्न खालको भलमन्सा छान्ने तयारीमा रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ६ जाली गाउका विषमान चौधरीले बताए । भलमन्साको काम भनेको देउथान हर्ने काम भएकाले सिपालु व्यक्तिको आवश्यकता पर्ने धनगढी जालीका अर्का स्थानीय फूलाराम चौधरीले बताए ।

अवको भलमन्सा भनेको गाँउ समाजको नेतृत्व गर्ने खालको व्यक्तिको गाँउ समाजमा खाचो पर्ने उनले जानकारी दिए । विगतका भलमन्साहरुले गाँउ समाजमा खासै नेतित्व दायी भुमिका ननिभाएको कतिपय स्थानीयले बताएका छन् । आफुहरुको गाँउ टोलमा भएका समस्याहरुलाई समबन्धीत ठाँउमा आवाज पुर्याउने र सम्धानको प्रयास गर्न खालको भलमन्साको आवश्यकता रहेको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ जाइ गाँउका जगत चौधरीले बताए । उनले गाँउ समाजको विकास गर्ने खालको भलमन्सा छान्ने तयारीमा आफुहरु रहेको जानकारी दिए ।

थारु समाजमा भएको कला सस्कृति रितिरिवाजको जर्गेना गर्न र लोप हुन नदिनको लागि भलमन्सा छान्नो गरेको स्थानीयले बताएका छन । गाँउ ठाँउको विकास लगायत विवाह शुद्ध गराइदीने खालको भलमान्साको आवश्यकता रहेको धनगढी जाइका अर्का स्थानीय धनबहादुर चौधरीले बताए । गाँउ ठाउको विकासको पूर्वाधारमा जोड दिन सक्ने खालको भलमन्साको आवश्यकता पर्ने उनले जानकारी दिए । विवाहमा आफुहरुको रितिरिवाज अनुसारको लुगा कपडा के दिने भन्ने बारेमा छाने भुजेको व्यक्ति हुनुपर्ने उनले बताए । भलमन्साले कुनै पनि व्यक्तिको पक्ष विपक्ष गरेर निस्पक्ष ढगले काम गर्न सक्नु पर्ने उनले बताए । उनले नयाँ यूवाहरुलाई पनि आफु्हरुको कला सस्कृतिको जर्गेना गर्न सिकाउने खालको भलमन्सा हुनुपर्ने जानकारी दिए । घरमा हुने झै झगडालाई समधान गरेर लैजान सक्ने खालको व्यक्तीको हुनुपर्ने उनले बताए ।

थारु समुदायमा परम्पराकाल देखि भलमन्सा छान्ने गरेका छन् । भलमन्साले गाँउ समाजका स्थानीयको समस्यालाई सम्बोधन गर्न र विकास निर्माण गर्न गरेका छन् । थारु समुदायको कला सस्कृतिको पनि जर्गेना गरेर अगाडी बढाउने गरेको पाइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ