arrow

राउतमाथि नै प्रहरीको आशंका

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
aastha.jpg

काठमाडौं ।  गायीका आस्था राउतले आफूलाई प्रहरीले ‘तँ’ भनेर दुव्र्यवहार गरेको भन्दै बिहीबार सामाजिक सञ्जालमार्फत एउटा श्रव्यदृष्य सामग्री (भिडियो) हालिन् । उक्त भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।

दश मिनेट ३१ सेकेन्डको भिडियोमा उनले प्रहरीलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको सुन्न सकिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षा जाँचका बेला भएको सबै गतिविधिको शुक्रबार सिसी टिभी फुटेज नै सार्वजनिक भयो । ‘फुटेज’मा प्रहरीको भन्दा गायीका राउतको गतिविधि शङ्कास्पद देखिन्छ ।

सिसी टिभी फुटेजमा महिला प्रहरीले सुरक्षा जाँचका बेला कुनै दुव्र्यवहार गरेको नदेखिने महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए । राउतले नै अभद्र व्यवहार गरेको फुटेजमा देखिएको भन्दै उनले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए।

यस विषयमा महिला प्रहरीले महानगरीय प्रहरी कार्यालयमा घटनाको विवरणसहित जानकारी गराएका छन् । उक्त विवरणमा ‘सुरक्षाको जाँच गर्न खोज्दा किन गर्नुपर्‍यो, म गायीका हो, चिन्नु भएन ?’ भनेर गायीका राउतले उल्टै प्रश्न गरेको फुटेजमा उल्लेख रहेको कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक किरण बज्राचार्यले बताए ।

राउतलाई बोलाएर सोधपुछ गर्ने अवस्था देखिएको भन्दै उनले महिला प्रहरीबाट कुनै दुव्र्यवहार नभएको जिकिर गरे ।
    
घटना बुधबार अपराह्नको हो । राउत त्रिभुवन विमानस्थलको आन्तरिक उडान कक्षबाट भद्रपुर जाँदै गर्दा उक्त घटना भएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ