arrow

हाडा र पौडेल दूरसञ्चार प्राधिकरणको निर्देशकमा बढुवा

logo
प्रकाशित २०७६ माघ ३ शुक्रबार
Nepal-Telecom-Authority.jpg

काठमाडौं। नेपाल दुरसञ्चार प्राधिकरणको रिक्त दुई निर्देशकमा डा. सुरेन्द्र लाल हाडा र सन्तोष पौडेल बढुवा भएका छन्। त्यसैगरी उप निर्देशकमा झलक बहादुर थापा र प्रतिमा घिमिरे तथा सहायक निर्देशकमा रचिता आचार्य बढुवा भएको प्राधिकरणको पदपूर्ति समितिले सूचना निकालेर जनाएको छ।

अप्टिकल फाइवरमा बिद्यावारिधी गरेका  हाडा प्राबिधिक तर्फ बढुवा भएका हुन्। उनी हाल ग्रामीण दुरसञ्चार बिकास शाखाको प्रमुखमा कार्यरत छन्। उनी प्राधिकरणका पुराना कर्मचारी समेत हुन्।

पौडेल प्रशासन तर्फको निर्देशकमा बढुवा भएका हुन्। उनी पनि लामो समय देखि प्राधिकरणमा काम गर्दै आएका छन्। हाल उनी अध्यक्षको सचिवालयमा कार्यरत छन्।

प्रशासन तर्फका बरिष्ठ निर्देशक पुरुसोतम खनाल अध्यक्ष भएसगै प्रशासन तर्फको बरिष्ठ निर्देशक भने खाली रहेको छ। त्यसैगरी प्राबिधिक तर्फका बरिष्ठ निर्देशक आनन्दराज खनाल समेत काजमा मन्त्रालय तानिएका कारण दुबै पद खाली नै छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ