arrow

नेपाल–नामिविया क्रिकेट : नेपाललाई १९६ रनको चुनौती (लाइभ अपडेट)

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
काठमाडौं । कीर्तिपुरमा जारी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नामिवियाले नेपाललाई एक सय ९६ रनको चुनौती दिएको छ । टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरका ९ विकेट गुमाएर एक सय ९५ रन बनायो । नेपाली बलरले दबबा राख्दै नामिवियालाई २ सय रन पार गर्न दिएनन् । यद्यपि, भरीभराउ दर्शक सामु पहिलोपट खेलेको नामिवियाले संयमिति व्याटिङ गर्दै सम्मानजनक प्रर्दशन गरेको छ । नेपाल केही बेरमा व्याटिङ गर्ने छ । 
  • नेपाललाई १९६ रनको चुनौती  12:52:08

  • नेपाललाई ९ विकेट हासिल । रन आउट  12:49:53

  • अन्तिम ओभर बाँकी ।  180 r /8 w 12:45:41

  • नेपाललाई आठौं विकेट । किपिङमा राजुको कमाल । बसन्तले विकेट लिए विकेट ।    12:41:14

  • क्याच गर्ने सुवर्ण अवसर गुम्यो ।  12:39:19

  • सोमपाल बलिङमा आएपछि दर्शकमा उर्जा ।  12:36:23

  • ४७ ओभरको खेल चल्दै । अब तीन ओभर बाँकी । 12:34:07

  • ४६ ओभरमा ७ विकेट गुमाएर १ सय ५८ रनमा नामिविया ।  12:33:24

  • स्कोल्जले एक दिवसीयमा यसअघि १६ सय ३७ रन बनाएका छन् ।  12:24:04

  • नामिवियाका निकोलस स्कोल्ज रन आउट ।  12:21:57

  • नेपाललाई सातौं सफलता । स्काेल्ज रन आउट ।  12:19:51

  • ४२ ओभरमा ६ विकेट पतन । १४३ रन ।  12:17:38

  • ३२ ओभर सकियो । ६ विकेटको क्षतिमा नामिविया ११९ रनको स्थितिमा ।  11:39:00

  • २९ ओभरमा ६ विकेट गुमाएर ११४ रनमा नामिविया । 11:28:52

  • राजु रिजालको उत्कृष्ठ चलाखि । बसन्तले लिए दोस्रो विकेट ।  11:17:28

  • स्टम्प ढल्यो । नेपाललाई ६ विकेट हासिल ।  11:15:55

  • नेपाललाई पाचौं विकेट हासिल । सन्दिप लामिछानेले क्याच गरे ।  11:12:05

  • नामिविया : २४ ओभरमा ४ विकेटको क्षतिमा १ सय ९ रन ।  11:10:19

  • नेपालले विश्व लिग क्रिकेट च्याम्पियनसिपको तेस्रो चरणको खेल खेलिरहँदा हाल सम्म अंक विहिन छ । यसअघि, स्कटल्याण्ड र पपुवान्यूगिनीसंका चार खेल गुमाएको नेपाललाई अघिल्लो चरण प्रवेश गर्न यी दुवै खेल जित्नै पर्ने दबाब छ । हाल नेपाल लिगको पुछारमा छ । नामिवियाको भने २ अंक छ । स्कटल्याण्ड र पपुवा न्यूगिनीसंग जित नजिक पुगेर बहोरेको हारको गल्नि नेपालले नदोहोर्‍याउने बताइएको छ ।    11:07:57

  • क्याच गर्ने उपयुक्त अवसर गुम्यो ।  11:04:32

  • शक्ति गौचन बलिङमा ।  11:02:41

  • नेपाललाई चौथो विकेट हासिल । २२ ओभरमा ४ विकेट गुमाएर १ सय २ रनमा नामिविया  ।  10:59:24

  • नामिवियाको सय रन पूरा ।  10:57:51

  • नेपाल उत्साही  10:39:38

  • दर्शक निकै उत्साही  10:37:06

  • नेपाललाई तेस्रो विकेट हासिल । क्याच आउट । सन्दीपको बलिङ । बसन्त रेग्मीले उत्कृठ क्याच गरे ।  10:35:25

  • बसन्त रेग्मी बलिङमा ।  10:32:33

  • १५ ओभरको समाप्तिमा नामिविया २ विकेट गुमाएर ७३ रनको स्थितिमा ।   10:30:23

  • तेस्रो ओभरमा सन्दीपको बलमा छक्का । 10:29:42

  • सन्दीपको तेस्रो ओभर बलिङ । २ ओभरमा उनले ११ रन खर्चे ।  10:28:46

  • विकेट लिने अबसर गुम्यो ।  10:26:14

  • १३ ओभरमा २ विकेटको क्षतिमा ६० रन ।  10:23:53

  • सन्दीप लामिछानेको बलमा चौका । क्याच गर्ने अवसर गुमाए फिल्डरले ।  10:23:08

  • ११ ओभरमा २ विकेटको क्षतिमा ५४ रन ।  10:16:46

  • लामिछानेको बलमा चौका ।  10:16:05

  • लेगस्पिनर उनले यु–१९ विश्वकपमा ह्याट्रिक गरेका थिए ।  10:15:23

  • सन्दिप लामिछानेको प्रवेश । सुरुमै सशक्त बलिङ । उनी यु–नाइन्टिनका तारा हुन् ।  10:14:49

  • शक्ति चौचनको बलमा चौका ।  10:11:33

  • शक्ति गौचनको एल्वि डब्ल्यु अपील ।  10:11:02

  • ७ ओभरमा ४२ रन । २ विकेट पतन ।  10:00:30

  • नेपाललाई दोस्रो विकेट हासिल । सोमपालले दोस्रो विकेट लिए ।  10:00:05

  • किपर राजु रिजाल बल छोडिरहेका छन् ।  09:59:28

  • नामिवियाका क्याप्टेन स्टेफन बार्ड आउट ।  २५ रन २ ओर १ बलमा १ विकेट ।  09:41:15

  • नेपाललाई १ विकेट हासिल । सोम पाल कामीले विकेट लिए ।  09:40:18

  • किपिङ राजु रिजालले गरिरहेका छन् । यु–१९ टिम कप्तान उनीबाट यसपटक राष्ट्रिय टोलीले राम्रो प्रदर्शनको अपेक्षा गरेको छ ।  09:38:50

  • नामिवियाको पहिलो चौका ।    पहिलो ओभर सकियो ।    १५ रन ।  09:35:17

  • सोमपाल कामीले पहिलो बलिङ गरे ।  क्याच गर्ने उचित अवसर गुम्यो ।  09:33:40



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ