arrow

तुसारोका कारण २५ कार दुर्घटना

logo
सिन्ह्वा,
प्रकाशित २०७६ माघ ४ शनिबार
car-accident-russia.jpg

मस्को। रुसमा शुक्रबार एकसाथ २५ ओटा कार दुर्घटनामा परेका छन्। दुर्घटनामा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ।  यस दुर्घटनामा अन्य १० जना घाइते भएका अधिकारीहरुले जनाएका छन्।

देशको उत्तरी कौकासुसमा पर्ने राजमार्गमा शुक्रबार ती कारहरु दुर्घटनामा परेका आपतकालिन मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ। कुहिरो तथा तुसारोका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। थप विवरणका लागि घटनाका बारेमा अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ