arrow

सुदूरपश्चिम प्रदेशमा ६ महिनामा १० प्रतिशत बजेट खर्च

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ माघ ४ शनिबार
province-7-finance-minister.jpg

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले ६ महिनाको अवधिमा १० प्रतिशत मात्रै बजेट खर्च गरेको छ। प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले आज पत्रकार सम्मेलन गरी पुस मसान्तसम्ममा जम्मा १०.१८ प्रतिशत खर्च गरेको जनाएको छ।

प्रदेश सरकारको चालू आव २०७६-२०७७ को कुल बजेट २८ अर्ब १६ करोड २० लाख ३५ हजार रहेको छ। जसमध्ये २ अर्ब ८६ करोड ८२ लाख ७५ हजार अर्थात १०.१८ प्रतिशत खर्च हो। बजेट खर्चको दर निकै सुस्त रहेपनि मन्त्रालयले खर्चको दर विगतको भन्दा उच्च रहेको दाबी गरेको छ।

आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले गत आबको पौष मसान्तसम्ममा ४.९५ प्रतिशत खर्च गरेको बताउँदै चालू आवमा २३९ प्रतिशतले खर्चमा वृद्धि भएको दाबी गरे। चालू आवको पुस मसान्तसम्मको खर्च र गत आवको पुस मसान्तसम्मको खर्चसँग तुलना गर्दा २३९ प्रतिशतले वृद्धि भएको छ। मन्त्रालयले चालू आवमा कुल विनियोजनमध्ये चालूतर्फ १ अर्ब ५२ करोड २९ लाख ८२ हजार अर्थात १०.०९ प्रतिशत मात्रै खर्च गरेको छ।

जबकी गत आव २०७५-२०७६ को सोही अवधिमा चालूतर्फ ७.९८ प्रतिशत खर्च भएको मन्त्रालयले जनाएको छ। कुल विनियोजनमध्ये पूँजीगततर्फ १ अर्ब ३४ करोड ५२ लाख ९३ हजार खर्च अर्थात् १०.३० प्रतिशत खर्च भएको हो। गत आवमा १.४१ प्रतिशत मात्रै खर्च भएको हो। मन्त्रालयले राजस्व संकलनमा पनि वृद्धि भएको दाबी गरेको छ। चालू आवमा राजस्व संकलन लक्ष्य ८८ करोड ६४ लाख ७२ हजार रहेकोमा पुस मसान्तसम्ममा ४० करोड ७ लाख ९३ हजार संकलन प्रगति भएको जनाएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ