arrow

सोमपालको सफलता : नेपालका लागि लिए दुई विकेट (अपडेट)

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
sompal.jpg.jpeg

काठमाडौं । नेपाल र नामिवियाबीचको विश्व लिग क्रिकेट च्याम्पियनसिपको खेल कीर्तिपुर मैदानमा जारी छ । टस जितेर पहिले व्याटिङ रोजेको नामिवियाले कप्तान स्टेफन बार्डलाई पहिलो विकेटका रुपमा गुमायाे । यस्तै सोमपालले अर्को विकेट लिएका छन् । ७ ओभरमा ४२ रन  दिएको नेपाललाई २ विकेट हासिल भएको छ । नेपालका तीब्र गतिका बलर सोमपाल कामीले बार्डलाई आउट गरे । बार्डले आठ बलमा एक चौका प्रहार गर्दै १८ रन बनाए । सोमपालले १ ओभर ४ बलमा १५ खर्चेर विकेट हासिल गरे ।

२ ओर १ बलमा नामिवियाले २५ रन बनाएको अबस्थामा विकेट हासिल गरेका हुन् । सोमपालको दोस्रो सिकार भए विकेट किपर जेन ग्रिन । १९ वर्षीय उनले हाल सम्म ९ एक दिवसीय मात्रै खेलेका छन् । उनले २१ बलमा ३ चौका हान्दा जम्मा १४ रन मात्रै बनाए । यो संगै सोम पालको खातामा एक दिवसीयमा २७ विकेट भएको छ । टि–२० मा उनले १४ विकेट लिएका छन् । 

सोमपाल कामी (तीब्र गतिका बलर)
२० वर्षका सोमपाल नेपाली टोलीका गहना हुन् । उनले एक दिवसीयमा हाल सम्म १ सय ५ रन मात्रै बनाएपनि आफ्नो खातामा एक छक्का र १० चौका जम्मा गरेका छन् । बलिङ टि–ट्वेन्टी भन्दा एक दिवसीयमै बढी चम्किएको छ  । त्यसैले उनीबाट नामिवियासंगको च्याम्पियनसिपमा निकै आशा गरिएको छ । उनले टि–ट्वेन्टीमा १४ विकेट लिँदा एक दिवसीयमा २७ विकेट लिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ