arrow

सुदुरमा २२ वर्ष यताकै भारी हिमपात

logo
दयाराम पण्डित,
प्रकाशित २०७६ माघ ४ शनिबार
snowfall-bajura.jpg

बाजुरा। शुदुरपश्चिम प्रदेश र कर्णाली प्रदेशका हिमाली भेगमा २२ बर्षपछिको भारी हिम्पात भएको छ। एक साता यता निरन्तर हिम्पात हुंदा जनजीवन कठ्याग्रीदै गएको छ। बाजुराको उत्तर पुर्बी क्षेत्र प्रदेश क्षेत्र 'क' बाट प्रदेश क्षेत्र 'ख' मा आउने एक मात्र नाका पोरखे लेकमा एक सात याता भईरहेको निरन्तर हिम्पातकै कारण बाजुराको चार स्थानीय तहका वासिन्दा लगायत छिमेकी जिल्ला हुम्ला, मुगु र कालिकोटका  नागरिकलाई आवागमन प्रभावित भएको छ।

पोरखेमा सात फिट भन्दा बढि हिम्पात भएपछि आवागमन ठप्प भएको हो। कुण्डा क्षेत्रबाट आउने जीप तथा ट्याकटर पाण्डुसैनमा थनकीएका छन्। हिमाली गाउँपालिकामा साता दिन देखि निरन्तर हिम्पात हुंदा एक दर्जन वढि भेडा बाख्रा मरेका छन् भने मानिसलाई घरवाहिर निस्कन नसक्ने अवस्था एक लाम्पाटाका लालु गुरुङ्गले जानकारी दिएका छन्।

बिगत वर्षमा थोरै थोरै हिउँ आउने गरेको थियो यो बर्षमा भने धेरै हिमपात भएको जगननाथ गाउँपालिका डाँडावाडाका राम वहादुर विष्टले बताएका छन्।

पहिले हिउँ आएपनि एक सातामा बिलाउने गरेको थियो, तर यो बर्ष भने एक डेढ महिना देखी हिउँ परिरहेको स्थानीयले बताएका छन्। पटक पटक हिउँ परिरहेको छ, बाटोहरु अहिले सम्म अलपत्र रहेको जगन्नाथ गाँउपालिका डिम्मर गाउँका गोकर्ण विष्टले बताए। गत मंसिर अन्तिम साता देखि पटक पटक हिमपात भएपछि अत्याधिक चिसोले दैनिक जीवन अत्यन्त प्रभाबित भएको छ। एक ठाँउबाट अर्को ठाँउमा आवत जावत गर्न समस्या हुनुका साथै टेलिफोन सम्पर्क सम्पर्क बिच्छेद बनेका छन्।

निरन्तरको हिम्पातका कारण नेपालगञ्जबाट बाजुरा, हुम्ला, जुम्ला, डोल्पा, मुगुमा हुने नियमित उडान सेवासमेत अनियमित भइहरेको छ। स्थानिय सडक यातायात पनि १ महिना देखी अबरुद्ध रहेका छन्। हिमाली र पहाडी भेगमा सडकहरु बन्द भएका छन्।

मार्तडी—कोल्टी सडक एक महिना देखी अबरुद्ध छ। स्थल र हवाइमार्ग सबै बन्द हुदा  दैनिक उपभोग्य सामानको समस्या आएको बुढीनन्दा नगरपासिलिका वडा नं ४ का रामबहादुर बोहराले बताएका छन्। चिसाको कारणले हिमाली भेगकागाँउमा बस्न नसकिने अबस्था भएपछि केही बस्ति बेशितिर झरेको छन्। हिमाली भेगका बिद्यालय पुर्णरुपमा बन्द भएका छन्।

जिल्लाका सबै बिद्यालयको पठनपाठनमा समस्या भएको जिल्ला शिक्षा समन्वय अधिकारी गोपालदत्त जोशीले बताए। एक त बिद्यालयमा विद्यार्थीमैत्री भौतिक पुर्वाधार नहुंदा यस्तो चिसोमा निकै समस्या भएको उनले बताए। बाजुरा जिल्लाभर भारी हिम्पात भैरहेको जिल्ला प्रहरीकायालय बाजुराका प्रहरी नायव उपरिक्षक टंकप्रसाद भट्टराईले बताएका छन्।

शनिवार दिनभर भएको वर्ष संगै खप्तड क्षेडेदह गाउँपालिकामा असिना पानीले हिउादेवाली क्षेती भएको प्रनाउ भट्टराईले जानकारी दिएका छन्। बझाङ्ग, दार्चुल्लाका उच्च भागमा पनि चिसोले जनजीवन प्रभाबित भएको छ। बझाङ्गको खप्तड छान्ना गाँउपालिकामा पनिचिसोले जनजिवन प्रभाबित बनेको स्थानीयले बताएका छन्।

हुम्ला, मुगु, जुम्ला, कालिकोटमा चिसोले भाइरलका बिरामी समेत बढेका छन्। चिसोका कारणले रुखाखोकी, ज्वरोका बिरामी बढेको स्वास्थ्य संस्थाहरुले बताएका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ