arrow

मनाङ र थ्रिस्टारको रोचक बराबरी

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
mmc-3star.jpg

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिग फुटबलअन्तर्गत शनिबारको खेलमा मनाङ–मस्र्याङ्दी क्लब र थ्री स्टारले क्लबले दुई दुई गोलको बराबरी खेलेको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको खेलमा मनाङका लागि अञ्जन विष्टले दुई गोल गरे। उनले खेलको ४९औँ मिनेटमा पेनाल्टीमा गोल गर्नुभयो । डी बक्समा अशोक खवासले अञ्जनलाई लडाएपछि मनाङले पेनाल्टी पाएको हो । 

खेलको ६९औँ मिनेटमा अन्जनले नै दोस्रो गोल गरे । कमल श्रेष्ठले उपलब्ध गराएको फ्रि–किकमा उनले हेडमार्फत गोल गरेका थिए । 

यसअघि पहिलो हाफको २०औँ मिनेटमा थ्री स्टारका लागि भारतीय खेलाडी लाल रम्मावियाले गोल गरे । उनले फ्रि–किकमा गोल गरेका हुन् । 

खेलको ८३औँ मिनेटमा लाल रम्मावियाले नै दोस्रो गोल गर्दै खेललाई बराबरीमा पुर्र्र्याए । खेलमा मनाङका अञ्जन म्यान अफ दी म्याच घोषित भए । बराबरी खेलेपछि मनाङ १३ अङ्कका साथ लिगको तेस्रो स्थानमा छ भने थ्री स्टार ११ अङ्कसहित पाँचौँ स्थानमा छ । 

जाउलाखेलविरुद्ध पुलिस विजयी
 
यसअघि शनिबारै भएको पहिलो खेलमा नेपाल पुलिस क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गरेको थियो ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा पुलिसले जाउलाखेललाई २–० गोलले हरायो । पुलिसका लागि सौजन राई र सुमन सुवेदीले गोल गरेका हुन् । खेलको २७औँ मिनेटमा सौजनले तथा खेलको ४८औँ मिनेटमा सुमनले गोल गरेका हुन् ।  

सो खेलको म्यान अफ दी म्याच पुलिसका सौजन घोषित हुनुभयो । जितसँगै पुलिस ११ अङ्कसहित लिगको चौथो स्थानमा पुगेको छ भने जाउलाखेल नौ अङ्कका साथ छैटौँ स्थानमा छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ