arrow

रियाल शीर्ष स्थानमा, दवावमा बार्सिलोना 

logo
प्रकाशित २०७६ माघ ५ आइतबार

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रियाल मड्रिड शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा रियालले सेभियालाई २–१ गोल अन्तरले पराजित गर्दै शीर्ष स्थानमा पुगेको हो । 

घरेलु मैदानमा रियाललाई जिताउन दुवै गोल कासिमिरोले गरे । सान्टियागो बेर्नाबेउमा पहिलो हाफ गोलरहित बराबरी खेलेको रियालले ५७ औं मिनेटमा कासिमिरोको गोलबाट अग्रता बनाएको थियो ।

६४ औं मिनेटमा लुक डी जोङले गोल गर्दै सेभियालाई १–१ को बराबरीमा ल्याए । खेलको ६९ औं मिनेटमा कासिमिरोले व्यक्तिगत दोस्रो गोल गर्दै रियाललाई २–१ को जित दिलाए ।

यो जितले रियाल मड्रिड शीर्ष स्थानमा पुगेको छ । उसले बार्सिलोनामाथि स्पष्ट ३ अंकको अग्रता बनाएको छ । बार्सिलोना पुनः शीर्ष स्थानमा पुग्न आइतबार रातिको आफ्नो खेल जित्नैपर्ने दवाव छ ।

शनिबारका अन्य खेलको नतिजा
ओसासुना ०–० रियाल भल्लाडोलिड
लेभान्ते ०–१ डेपोर्टिभो
लेगनेस ०–३ गेटाफे

आइतबार खेल
मयोर्का र भ्यालेन्सिया (१६ः४५)
रियाल बेटिस र रियाल सोसिडाड (१८ः४५)
भिल्लारियल र स्पानियोल (२०ः४५)
एथलेटिक बिलबाओ र सेल्टाभिगो (२३ः१५)
बार्सिलोना र ग्रानाडा (१ः४५)

अंक तालिका
२० खेलबाट रियाल मड्रिड ४३ अंकसहित शीर्ष स्थानमा । 
१९ खेलबाट बार्सिलोना ४० अंकसहित दोस्रो स्थानमा । 
२० खेलबाट एथलेटिको मड्रिड ३५ अंकसहित तेस्रो स्थानमा । 
२० खेलबाट सेभिया ३५ अंकसहित चौथो स्थानमा । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ