arrow

प्रिमियर लिगका ८ खेल १७ गोल, ५ खेल बराबरी 

logo
प्रकाशित २०७६ माघ ५ आइतबार

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा शनिबार राति निरश प्रदर्शन भएको छ । पाँच बराबरीमा सकिएका छन् । 

वाटफोर्डले टोटनह्याम हट्सपरसंग गोलरहित बराबरी खेल्यो । आर्सनलले शेफिल्डसंग १–१ को बराबरी खेल्यो । 

ब्राइटनले एस्टन भिल्लासंग १–१ को बराबरी खेल्यो । म्यान्चेस्टर सिटीले क्रिस्टल प्यालेससंग २–२ को बराबरी खेल्यो । सिटीका लागि दुवै गोल सर्जियो अग्युरोले गरेका थिए । 

वेष्टह्यामले एभर्टनसंग १–१ को बराबरी खेल्यो । नर्विचले बर्नमाउथलाई १–० गोल अन्तरले हरायो । 

वुल्भरह्याम्पटनले साउथह्याम्पटनलाई ३–२ गोल अन्तरले हरायो । चेल्सी भने स्तब्ध भयो । चेल्सीलाई न्युकासलले १–० गोल अन्तरले हरायो । 

आइतबारको खेल
बर्नली र लेस्टर (१९ः४५ बजे)
लिभरपुल र म्यान्चेस्टर युनाइटेड (२२ः१५बजे) 

अंक तालिका
२१ खेलबाट लिभरपुल ६१ अंकसहित शीर्ष स्थानमा ।
२३ खेलबाट म्यान्चेस्टर सिटी ४८ अंकसहित दोस्रो स्थानमा । 
२२ खेलबाट लेस्टर सिटी ४५ अंकसहित तेस्रो स्थानमा । 
२३ खेलबाट चेल्सी ३९ अंकसहित चौथो स्थानमा । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ