- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अन्ततः बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनले शाही परिवारबाट बाहिरिएका छन् । उनीहरु अब शाही सदस्य छैनन् । लामो समयको छलफलपछि उनीहरुलाई महारानी एलिजावेथले बाहिरिने अनुमति दिएकी हुन् ।
उनीहरुले अब शाही परिवारको हैसियतले पाउने कुनै पनि सेवा सुविधा पाउने छैनन् । शाही सम्बोधन पनि गर्ने छैनन् ।
बकिङ्गहम प्यालेसका अनुसार ह्यारी र मेघनसंग शाही परिवारसंग उनीहरुको साइनो हुने छैन ।
द ड्युक एण्ड डचेज अफ ससेक्सले उनीहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने जनाइएको छ ।
फ्रोग्मोर कटेज ह्यारी र मेघनको बेलायती पारिवारिक घर रहने छ ।
ह्यारी र मेघनले उत्तर अमेरिकामा स्वतन्त्र जीवन बिताउने इच्छा राखेको जनाइएको छ । उनीहरुलाई दरबारले मुक्त गरे पनि ससेक्सले अझै पनि राजकुमारको संवोधन गर्न भने छाडेको छैन । मेघन अमेरिकी नागरिक हुन् । उनी नायिका पनि हुन् ।
अब उनीहरु सामाजिक काममा लाग्ने पनि बताइएको छ । गौतम बुद्धले शान्तिका लागि राजगद्दी त्यागेका थिए । ह्यारीले के का लागि शाही परिवार त्यागे त्यो उनले अब गर्ने व्यवहारबाटै पत्तो हुनेछ ।
उनले ठूलै साहस भने गरेका हुन् ।