काठमाडौं । नेपाल नामिवियाबीचको विश्व लिग क्रिकेट च्याम्पियनसिप अन्तर्गतको एक दिवसीय क्रिकेट कीर्तिपुर मैदानमा जारी छ । नामिवियाले पहिले व्याटिङ गरिरहेको छ । सो समाचार तयार पार्दा सम्म नामिवियाले २० ओभरमा ३ विकेट गुमाएर ९३ रन बनायो ।
नेपालका लागि पहिलो विकेट लिएका सोमपाल कामीले दोस्रो विकेट लिन भ्याइसकेका छन् । उनले कप्तान र विकेट किपरलाई बलिङकै सिकार बनाए । तेस्राे विकेटमा लागि भने नेपालले संघर्ष गर्नु परेको छ । यु–१९ का तारा एवं लेग स्पिनर सन्दीप लामिछानेको बलिङमा स्पिनर बसन्त रेग्मीले डाइफ गर्दै उत्कृष्ठ क्याच गरे । तीन विकेट हासिल गरेको नेपालका लागि दर्शकले उत्साह भरे पनि रन रेट भने रोक्न सकेको छैन ।