arrow

पारसको हर्कतले रिसाए सलमान

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
paras-salman.png

काठमाडौं । बलिउड स्टार सलमान खानको बिग बोस १३ अहिले चर्चामा छ । सलमान खान पारस छाबडाको हर्कतले रिसाएका छन् । सलमानले पारसलाई भने,'तिम्रो घरबाहिर गर्लफ्रेन्ड छ र अर्को तर्फ माहिरासँग सम्बन्ध बढाउदै छौं ।'

सलमान सोध्छन्,' तिम्रो आमाले भनेकी थिई कि ३६ आउँछन् ३६ जान्छन्। यो को भनेको ?'  पारसले त्यसपछि एउटा स्पष्टीकरण दिए, 'यो नारा मेरो टीशर्टमा छापिएको थियो। आमाले मलाई सम्झाउन यसो भन्नुभयो ।'

 सलमानले भने,' यो सबै बाहिर हेर्दा राम्रो लाग्दैन त्यसैले आफ्नो खेल खेल। भगवान नबन। '

तब सलमानले आकांक्षालाई सोधे तिमिंलाई जुत्ता, कपडा, अत्तर र अन्य चीजहरू कसले पठाउँछ ? त्यसपछि पारस भन्छन् 'यो सबै आकांक्षाले पठाउछिन्। तर मैले उनलाई यो सबै गर्न कहिल्यै भनेको थिएन। उनी आफैं गर्छिन्।'

पारसको घरबाट आएको खाना पनि आकांक्षाले पठाएकी थिइन्। पारसकी आमाले बनाएकी थिइनन् । सलमानले यो कुरा खुलासा गर्दै भने , 'आकांक्षा मनपर्ने रेस्टुरेन्टमा गइन् र त्यहाँबनट सबै खाना पठाइन्।' यस पछि, सलमान भन्छन्,'तिमिले माहिरालाई  कठपुतली भनेका छौ । तिमिंले पर्ललाई यो सबै खेल भित्रै गर्दै छौ भनेर भन्यौ ।'

पारस तब भन्छन् , यी सबै अफवाहहरू क्रिएटिवका टोलीद्वारा फैलाइएको छ। मैले माहिरालाई कुनै  कठपुतली भनेकी छैन।'

तब सलमानले भने,' तिमिंले आकांक्षालाई पनि पत्र पठाएर माफि पनि माग्यौ ।'
पारसले भने, 'हो, क्रिएटिवले भने उनी धेरै निराश छिन्। उसलाई माफ माग, तब मैले उल्टो हातले माफी लेखें।' सलमान एकपछि अर्को परासलाई दोष दिन्छन् जसले पारसलाई दु:ख हुन्छन् र रिसाउदै ठुलो स्वरमा कराउछन्।

त्यसपछि सलमान पारसतिर चिच्याउछन्, 'पारस आफ्नो आवाज कम गर र ढंगले गफ गर। के म तिम्रो घर आउनुपर्छ?' यती बोलेपछि पनि पारस रोक्दैनन्। त्यसपछि सलमान भन्छन्, 'पारसले मलाई कतै बाहिर भेट्नु, तब म भन्छु।'

 यो सुनेर सबैजना डराउछन् र पारसलाई शान्त पार्दछन्। उही समयमा, पारस भन्छन्,' म नगरेको गल्ती स्विकार्दिन ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ