arrow

‘चीनमा फैलिरहेको भाइरससंग जुध्न नेपालले सोच्नुपर्छ’

भ्रमण बर्ष भाइरस बर्ष नहोस भन्न सरकारको ध्यान जान जरुरी

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
china-coronavirus.jpg

काठमाडौं। चीनको हुवान प्रान्तमा फैलिएको भाइरसले दुईको ज्यान लिईसकेको र ४५ जना बिरामी भएको चीन सरकारको आधिकारिक तथ्याङ्क सार्वजनिक भएको छ। चीनबाट विश्वमा घुम्न निस्किने पर्यटकको संख्या बढ्दो क्रममा रहेको बेला यो तथ्य बाहिर आएको छ।

अमेरिका, थाईल्याण्ड र हङ्कङले चीनको हुवान प्रान्तबाट आउने पर्यटकहरुलाई एयरपोर्टमा जाँच शुरु गरिसकेको छ। सार्स जस्तो भनिए पनि कुन भाईरस हो भन्ने पत्ता लागिसकेको छैन्। मान्छेबाट मान्छेमा सर्ने-नसर्ने यकिन पनि छैन तर जे पनि हुनसक्ने भन्दै वैज्ञानिकहरुले सावधानी अपनाउनु पर्ने राय दिएको याहु न्युजले लेखेको छ।

सार्सले सन् २००२-०३मा चीन र हङकङमा ६५० जनाको ज्यान लिएको थियो। विश्वका धेरै देशहरुले चीनबाट आउने आगन्तुकहरुको जाँच शुरु गरिसकेको अवस्थामा नेपालले के गर्दैछ ?

नेपालले सोच्नु पर्छ

नेपालले सन् २०२०लाई भ्रमण बर्ष मनाईरहेको सन्दर्भमा चीनबाट आगन्तुकको संख्या बढिरहेको छ। चीनका नागरिकलाई भिषा शुल्क नलाग्ने बनाएपछि चिनियाँ आगन्तुकको संख्या दिनदिनै बढिरहेको छ। यो बेला एउटा गम्भिर प्रश्न उठेको छ, के हाम्रो अध्यागमन उक्त भाईरस जाँचका लागि तयार छन् ?

के स्वास्थ्य मन्त्रालय र अध्यागमन बिभाग यस्तो स्थितीमा कसरि अघि बढ्ने भन्नेमा तयार छ ? केही नहोला तर भैहाल्यो भने नियन्त्रण गर्न हामी तयार हो की होईन ? यस्ता प्रश्नहरुको उत्तर बेलैमा खोज्नु जरुरी देखिएको छ।

आउने महिनाहरुमा चिनियाँहरु छुट्टी मनाउन निस्किन्छन त्यसमध्य केहिको गन्तव्य नेपाल हुने निश्चित रहेको छ। चिनियाँ पर्यटक र अरु आगन्तुकहरुको सुरक्षाका लागि पनि नेपाल सरकार तयारी अवस्थामा रहनु पर्ने हुन्छ।

अध्यागमनमै यस्ता बिरामी पत्ता लगाउन पाईएमा उक्त भाईरस अरुलाई नसर्न सक्छ । भ्रमण बर्ष मनाईरहँदा ‘भाईरस बर्ष’ तिर नलागोस् भन्ने हेतुले पनि हामीले बिशेष ध्यान दिनु आवश्यक देखिएको छ।

हाम्रो सजगताले भ्रमण बर्षमा अरु देशहरुबाट आउने पाहुनाहरु सुरक्षित राख्नु पनि हाम्रो कर्तव्य हो। नेपाल सुरक्षित र सजग छ भन्ने सुचना बाहिर पुर्‍याउन सकिएमा हाम्रो भ्रमण बर्षको लक्ष्य भेट्टाउन मद्धत गर्ने पक्का छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ