arrow
ADVERTISEMENT

लेबनानमा भएको आन्दोलनमा चार सय घाइते

logo
एएफपी,
प्रकाशित २०७६ माघ ५ आइतबार
lebanon-protester.jpg

बेरुत। लेबनानको राजधानी बेरुतमा भएको आन्दोलनका क्रममा शनिबार करिब ४ सय  जना घाइते भएका छन्। सरकार विरोधी आन्दोलनकारी र सरकारी सुरक्षाकर्मीहरुका बीचमा भएको झडपमा परी उनीहरु घाइते भएका उद्धारकर्ताहरुले जानकारी दिएका छन्। 

आन्दोलन सुरु भएदेखि अहिलेसम्ममा यो नै एकैचोटी सवैभन्दा धेरै घाइते भएका घटना भएको उनीहरुले बताएका छन्। रेडक्रस र नागरिक रक्षाका अधिकारीहरुले आन्दोलनका क्रममा ३ सय ७७ जना घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार गरिएको जनाएका छन्।

आन्दोलन दबाउनका लागि प्रहरीले अन्दोलनकारीलाई लक्षित गरेर पानीको फोहोरा र अश्रुग्याँस प्रहार गर्नुका साथै लाठिचार्ज समेत गरेको थियो। सुरक्षाकर्मीहरुले हस्तक्षेप गरेपछि आन्दोलनकारीले पनि सुरक्षाकर्मीविरुद्ध प्रहार गरेका थिए। दुवै पक्षका बीचमा झडप हुदाँ उनीहरु घाइते भएका हुन्। घाइते हुनेमा अधिकांश आन्दोलनकारी रहेका छन् भने केही सुरक्षाकर्मी पनि रहेका छन्।

वर्तमान सरकार हटाउन, भ्रष्टाचार नियन्त्रण गर्न, सार्वजनिक सेवा प्रभावकारी गराउनलगायतका माग गर्दै लेबनानमा केही समयदेखि आन्दोलन हुदै आएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ