arrow

प्रदेश नं १ को मन्त्रिमण्डल विस्तार, चार राज्यमन्त्री नियुक्त

logo
रासस,
प्रकाशित २०७६ माघ ५ आइतबार

विराटनगर। प्रदेश नं १ को मन्त्रिमण्डलमा आज चार जना राज्यमन्त्री थप गरी  विस्तार गरिएको छ। प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ ले प्रदेश मुख्यमन्त्री शेरधन राईले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम प्रदेशसभा सदस्यहरुलाई राज्यमन्त्री नियुक्त गर्न सिफारिस गर्नु भएअनुसार चार राज्यमन्त्री नियुक्ति गरेका हुन्।

नियुक्त हुने राज्यमन्त्रीहरुमा रामबहादुर मगर भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय, अम्बिरबाबु गुरुङ भौतिक पूर्वाधार विकास मन्त्रालय, जसमाया गजमेर (विश्वकर्मा)  सामाजिक विकास मन्त्रालय र विजयकुमार विश्वास उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय रहेका छन्।

मुख्यमन्त्री राईले नवनियुक्त राज्यमन्त्रीलाई प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक समारोहबीच पद तथा गोपनीयताको सपथ गराए। नवनियुक्त राज्यमन्त्री मगर इलाम, गुरुङ ओखलढुङ्गा, गजमेर (विश्वकर्मा) झापा तथा विश्वास मोरङ जिल्लाको हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ