arrow

काँग्रेस बागलुङद्वारा सूचना प्रविधि विधयेक सच्चाउन माग

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
congress-baglung-IT-bill.jpg

बागलुङ। नेपाली काँग्रेस बागलुङले संसदमा पारित गर्न ल्याएको सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सच्याउन माग गरेको छ। काँग्रेस बागलुङले जिल्ला प्रशासन कार्यालय बागलुङ मार्फत प्रधानमन्त्रीलाई विरोध पत्र बुझाउँदै विधेयकले नागरिकको विचार तथा अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्ने हुँदा यसलाई सच्चाएर लैजान सरकारलाई ध्यानकर्षण गराएको छ।

जिल्ला प्रशासक कार्यालयका निमित्त प्रमुख जिल्ला अधिकारी एवं प्रशासकिय अधिकृत धिरेन्द्रराज पन्तलाई बुझाईएको विरोध पत्रमा यदी सरकारले उक्त विधयेक नसच्याई गएमा संविधानको प्रतिकुल हुने र मौलिक अधिकार खोसिने हुँदा उत्त विधयेक सच्चाएर अगाडी बढनका सरकारलाई आग्रह गरेको छ। कुनै पनि बाहानामा नागरिकको स्वतन्त्रता र अधिकार कुण्ठित गर्ने र संविधानको प्रतिकुल ऐन नियम बनाउने सरकारको कदमप्रति काँग्रेसले विरोध जनाएको छ। 

संविधानले नागरिकको स्वतन्त्रता तथा मौलिक अधिकारको सुनिश्चिता गरेको भएपनि सरकारले नागरिकको मौलिक हक तथा संविधानका प्रावधानका लागि प्रतिकुल नीति नियम बनाउन तल्लीन रहेको विरोध पत्रमा उल्लेख गरिएको छ।

सरकारले सामाजिक संचालमा जथाभावि लेख्ने कुरालाई रोक्ने वाहाना बनाएको जनताको अधिकार, स्वतन्त्रताको हक खोसन र संकुचित पार्न थालेको काँग्रेसले आरोप लगाएको छ। लोकतान्त्रिक संविधानलाई टेकेर सरकारले आफ्ना क्रियाकलपा र ऐन कानुन निर्माण गर्ने सन्दर्भमा अलोकतान्त्रिक चरित्र प्रर्दशन गरेको विरोध पत्रमा उल्लेख गरिएको छ।

विधेयकमा भएको ५ वर्ष कैद र १५ लाख जरिवाना सरकारले गठन गर्ने सूचना प्रविधि अदालतले तोके बमोजिम हुने प्रावधान संविधानको धारा १५२ र संविधानको मुल मर्म शक्ति पृथकीकरणको बर्खिलाप भएको काँग्रेसको दावी छ।

विधेयकमा नागरिकको ‘फोन ट्यापिङ्ग’ समेत गर्न सक्ने, सामाजिक संजालमा कसैलाई व्यग्य गरे बापत जेल र जरिवाना तिर्नुपर्ने जस्ता प्रावधानले व्यक्तिगत गोपनियताको संवैधानिक अधिकार हनन हुने र आलोचना एवं व्यग्य गर्न पाउने नागरिकको स्वतन्त्रता समाप्त पर्ने षड्यन्त्र भएको नेपाली काँग्रेस बागलुङका सभापति दिपेन्द्रबहादुर थापाले बताए।

विधयेकको नाममा सरकार आम नागरिकको मुख थुन्दै आफ्नो भजन मण्डरी तयार गर्न उद्धत भएको देखिएको काँग्रेसले आरोप लगाएको छ। सरकार गैह सवैधानिक बाटोमा हिड्न प्रयास गरेको हुँदा यसलाई सच्चिएर आगाडी बढन समेत आग्रह गरेको छ। 

प्रस्तावित विधेयक नरोकिए लोकतन्त्रको रक्षाको लागि काँग्रेसले जस्ता कुनै आन्दोलनका कार्यक्रम लिएर जनता माझ पुग्ने सभापति थापाले चेतावनी दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ