arrow

अभिव्यक्ती स्वतन्त्राका लागी धनकुटा कांग्रेसले पठायो ज्ञापन पत्र

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
dhankuta-congress2.jpg

धनकुटा। अभिव्यक्ति स्वतन्त्रा र प्रदेश स्वतन्त्रता खतरामा पर्न लागेको भन्दै नेपाली कांग्रेस धनकुटाले आज जिल्ला प्रशासन कार्यालय धनकुटा मार्फत नेपाल सरकार समक्ष ज्ञापन पत्र पठाएको छ।

जवरजस्ती ढंगले सरकारले नेपाली जनतालाई  स्वतन्त्रता पूर्वक बोल्न र लेख्न  नदिनका  लागी संवन्धित  समितबाट सूचना तथा संचार प्रविधि ऐन जवरजस्ती पारित गर्दै प्रतिनिधि सभामा लान लागेकोले त्यसको विरुद्धमा नेपाली कांग्रेस धनकुटाले आज जिल्ला प्रशासन कार्यालय धनकुटामा गई नेपाल सरकार समक्ष पठाउनका लागी प्रशासकिय अधिकृतहरु रामनारायण श्रेष्ठ,जयराम श्रेष्ठलाई ज्ञापन पत्र बुझाईएको छ। 

नेपाली कांग्रेस धनकुटाका उपसभापति नविन किशोर शाक्य,सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, जिल्ला सदस्यहरु रविन्द्र नेपाली, लेखनाथ पौडेल, खेम पौडेल, क्षेत्रिय सभापति इन्दिरा थापा, सदस्य नरेन्द्रजंग वस्नेत, धनकुटा नगर सभापति रोशन श्रेष्ठ, छथरजोरपाटी गाउपालिकाका सभापति छत्र सुब्बा, नेपाल महिला संघकी नर्वतमान केन्द्रिय सदस्य टिका भण्डारी, जिल्ला उपाध्यक्ष अम्विका धमला, सहसचिव जानकुा सुन्दास, नेपाल तरुणद दल धनकुटाका उपाध्यक्ष यूवाराज पराजुली, सचिव नरेन्द्र कस्चित, क्षेत्रिय अध्यक्ष तिलक महत, नेविसंघका उपाध्यक्ष टेक वहादुर कुवर, सरोज धमला, किसान संघ धनकुटाका सदसय श्याम कुमार राई ले ज्ञापन पत्र बुझाएका छन्। संसदबाट पनि जवरजस्ती उक्त बिधेयक पास गर्न प्रक्रिया अगाडी बढाएमा सशक्त आन्दोलन गर्दै आन्दोलनको आधिवेहरी ल्याउने नेपाली कांग्रेस धनकुटाका सचिव विजय सन्तोषी राईले बताए।

सेमीफाईनलमा ताप्लेजुङ्ग
धनकुटा ५ माघ, धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश  स्तरीय महिला फुटबल प्रतियोगिताको  आज  भएको खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई हराउदै कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्ग सेमिफाईनमा प्रवेश गरेको छ।

सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश  स्तरीय महिला फुटबल प्रतियोगितामा आजको भएको आज भएको खेलमा चौदण्डीगढी नगरपालिका उदयपुरलाई २ गोलको विरुद्ध तिन गोल गदै कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्ग सेमिफाईनमा प्रवेश गरेको धनकुटा जिल्ला फुटबल संघका अध्यक्ष गोविन्द राईले बताए।

प्रदेश स्तरीय सहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप महिला फुटबल प्रतियिोगिताको आज भएको  खेलमा ओम्यान अफ दी म्याचको प्रयाजोजन गर्नु भएका समाजसेवी तथा निशान ग्रिल उद्योग धनकुटा ७ का प्रोपाईटर शैलेस श्रेष्ठ,नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, प्रतिष्ठानका अध्यक्ष इश्वर वहादुर श्रेष्ठ,सल्लाहकार तथा पुरस्कार तथा सम्मान समितिका संयोजक विजय सन्तोषी राई, सहिद रामकृष्ण श्रेष्ठकी बैनी उमालक्ष्मी श्रेष्ठ लगायतले खेलमा ओम्यान अफ दी म्याज घोषित भएकी कर्ण सिह सोनाम फुटबल क्लव ताप्लेजुङ्गका  जर्सी नं. ९ की  अनुस्का शेर्पालाई खादा लगाएर सम्मान गर्दै मेडल,प्रमाण पत्र र नगर पुरस्कार प्रदान गरेका थिए।

भोलीको पहिलो सेमिफाईनल खेल मोरंग ११ र कन्काई नगरपालिका महिला टिम झापा र दोस्रो सेमिफाईनल खेल धनकुटा फुटबल संघ धनकुटा र कर्ण सिंह नोमान फुटबल क्लव ताप्लेजुंग विच हुने टिम व्यवस्थापन समितिका संयोजक सुमन श्रेष्ठले बताए।

धनकुटामा संचालन भैरहेको सहिद रामकृष्ण श्रेष्ठ १ नं. प्रदेश  स्तरीय महिला फुटबल प्रतियोगितामा  पहिलो खेलमा प्रथम हुने  टिमलाई सहिद रामकृष्ण श्रेष्ठ कप सहिद नगद १ लाख रुपैया  र दोस्रो हुने टिमलाई सहिद रामकृष्ण श्रेष्ठ कप सहिद नगद ५० हजार रुपैया प्रदान गरिने पुरस्कार तथा सम्मान समितिका संयोजक विजय सन्तोषी राईले बताए।

विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार २०३० साल चैत्र ३ गते सवारी हुदा प्रजातानित्रक आन्दोलन गर्ने क्रममा  बम प्रहार गर्दा  साहदत प्राप्त गर्नु भएका धनकुटाका प्रजातान्त्रिक योद्धा रामकृष्ण श्रेष्ठलाई २०७४ साल माघ ३ गते तत्कालिन शेर वहादुर उदेवाको नेतृत्वमा रहेको सरकारले राष्टिय सहिद घोषणा गरेको दिन पारेर  सहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले सहिद रामकृष्ण श्रेष्ठ १ प्रदेश स्तरीय गोल्ड कप महिला फुटबल प्रतियोगिताको आयोजना गरेको  सचिव कृष्ण भागवत श्रेष्ठले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ