arrow

नेपाल –नामिविया क्रिकेट : नेपालको बलिङ दबदबा ! दर्शकको उत्साह

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-namibia.jpg.jpeg
काठमाडौं । बसन्त रेग्मीले तेस्रो विकेट लिएसंगै नामिविया अन्तिम ओभर बाँकी छँदा दबाबमा छ । बसन्तले आफ्नो तेस्रो सिकार सरेल बर्गरलाई बनाए । सबैभन्दा बढी ३८ रन बनाएकामा बर्गर राजु रिजालको स्टम्पिङले आउट भए । 
...........................................
नामिवियाका व्याट्सम्यान निकोलस स्कोल्ज रन आउट भएसंगै नेपाललाई सातौं सफलता मिलेको छ । उनले खेलमा सबैभन्दा बढी बल खचिएका छन् । एक चौका प्रहार गरेका उनले ५२ बल खर्चिदा १८ रन मात्रै बनाए । बाँया हातले ब्याट समात्ने स्कोल्जले एक दिवसीयमा यसअघि १६ सय ३७ रन बनाएका थिए । 
 
.................................
नेपाल नामिवियाबीचको विश्व लिग क्रिकेट च्याम्पियनसिपको खेल जारी छ । जारी खेलमा पहिले व्याटिङ गरेको नामिविया नेपाली बलरको दबाबमा परेको छ । २५ ओर १ बलमा ओभरमा नेपालको लागि बसन्त रेग्मीले छैटौं विकेट लिएपछि टोली थप दबाबमा छ । यु–१९ कप्तान राजु रिजालले स्टम्पिङ गरेपछि छैटौँ विकेट खस्यो । बसन्तको यो दोस्रो विकेट थियो । बसन्तले गेर्हार्ड ईरासमसलाई आउट गरे ।
 
ईरासमसले ३८ वलमा २५ रन बनाए । यसअघि वसन्तले गिर्रेइ स्न्यायमनलाई एलबिडब्लु धरापमा पारी खेलको चौथो विकेट लिएका थिए ।  यस्तै, २५औ ओभरमा कप्तान पारस खड्काले बलिङ गर्दा दोस्रो बलमा जेपी कोट्जेलाई पवेलियन फर्काए । कोट्जे २४ ओभर २ बलमै २ रन बनाएर आउट भए । उनको बलमा सन्दीप लामिछानेले क्याच गरेपछि नेपालले पाँचौँ सफलता हात पारेको हो । 
 
यु–१९ विश्वकपमा ह्याट्रिक गरेपछि तहल्का पिटेका सन्दीप लामिछानेले समेत राष्ट्रिय टोलीको डेव्यू खेलमै विकेट लिन सफल भएका छन् । सन्दीपले खेलमा तेस्रो विकेट लिए । उनले  सन्दीपको बलमा वसन्त रेग्मीले उत्कृष्ट क्याच गरेपछि नेवपाललाई तेस्रो विकेट हासिल भयो । 
सुरुवातमा विकेटको खाता तीब्र गतिका बलर सोमपाल कामीले खोले । तेस्रो ओभरको पहिलो बलमा सोमपालले पहिलो विकेट लिए । उनले कप्तान स्टेफन बार्डलाई एलविडब्लु धरापमा पारे ।  दोस्रो विकेटमा किपर जेन ग्रिन सोमपालकै धरापमा परे । अ‍ेल पहिले नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले आफुहरुको जितको मूख्य आधार बलिङ हो भनेका थिए । उनले नामिवियालाई बलिङमा च्यापेर व्याटिङले जित्ने उद्घोष गरेका थिए । 
 
खेलको विकेट किपिङ यु नाइन्टिनका कप्तान राजु रिजालले गरिरहेका छन् । विकेट किपिङमा बस्ने सुवास खकुरेल अस्वस्थ भएका कारण टोलीमा छैनन् भने । विनोद भण्डारीलाई यसपटक विश्राम दिइयो । सुवास र अनिल नभएपछि नरेश बुढाऐर र ज्ञानेन्द्र मल्ल ओपनर छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ