arrow
ADVERTISEMENT

लिवियाबारे बर्लिन सम्मेलन सुरू

logo
एएफपी,
प्रकाशित २०७६ माघ ५ आइतबार
germany-libya-conference.jpg

बर्लिन। लिबियामा जारी द्वन्द्वको अन्त्यका लागि जर्मनीको बर्लिनमा आइतबार सम्मेलन सुरू भएको छ। टर्की, रसिया र फ्रान्सका राष्ट्रपतिहरू लगायत विश्व नेताहरूले आइतबार लिबियामा युद्ध अन्त्य गर्ने उद्देश्यले जर्मन चान्सलर एन्जेला मार्केलको संयोजकत्वमा आयोजित सम्मेलनमा छलफलमा सहभागिता जनाएका छन्।

वक्तव्यका अनुसार जर्मन चान्सलर एन्जेला मर्केलले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेर्रेससँग परामर्श गरेर सम्मेलनको आयोजना गरेको हो भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिन, फ्रान्सका राष्ट्रपति इमानुयल म्याक्रोँ टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगान पनि सम्मेलनमा मध्यस्थताका लागि पुगेका छन्।

सम्मेलनमा प्रमुख उद्देश्य लिवियामा जारी द्वन्द्व अन्त्यका लागि हतियार, सेना र आर्थिक सहयोगमार्फत भएको हस्तक्षेप रोक्ने हुनेछ। राष्ट्रसंघद्वारा मान्यताप्राप्त लिवियाली प्रधानमन्त्री फायज अल–साराज र लिवियाली सैनिक नेता खालिफा हफ्तरबीच शान्तिका लागि वातावरण निर्माण गर्न विश्वका विभिन्न मुलुकहरू तथा अन्तर्राष्ट्रिय संघसंस्थाका प्रतिनिधिहरू त्यहाँ पुगेका छन्। 

सम्मेलनमा सहभागिता जनाउन प्रधानमन्त्री साराजले र विद्रोही नेता हफ्तर पनि बर्लिन पुग्नुभएको बताइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ