arrow

कोहली र रोहितको रेकर्ड

logo
प्रकाशित २०७६ माघ ५ आइतबार
virat-rohit.jpg

काठमाडौं । कप्तान विराट कोहलीको भारतले अष्ट्रेलिया विरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । भारतको बैंगलुरुमा आइतबार राति सम्पन्न खेल ७ विकेटले आफ्नो पक्षमा पार्दै घरेलु टिमले सिरिज २–१ ले जितेको हो । 

पहिलो खेल अष्ट्रेलियाले जितेको थियो । दोस्रो खेल भारतले जितेको थियो । यो सिरिज जित्दै भारतले अष्ट्रेलिया विरुद्ध ६ सिरिज जितको रेकर्ड बनाएको छ । गत वर्ष भारतको मैदानमा अष्ट्रेलियाले सिरिज ३–२ ले जितेको थियो । 

खेलमा पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेटको नोक्सानीमा २८६ रन बनायो । स्टेफेन स्मिथले १३१ रन बनाए । मार्नुस लाबुस्चाग्नेले ५४ रन बनाए । 

मोहम्मद शमीले ४ विकेट लिए । रविन्द्र जडेजाले २ विकेट लिए । जवाफमा भारतले ३ विकेटको नोक्सानीमा ४७.३ ओभरमा जित निकाल्यो । म्यान अफ द म्यान रोहित शर्माले ११९ रन बनाए । शर्मा म्यान अफ द म्याच भए । 

कप्तान विराट कोहलीले ८९ रन बनाए । कोहली म्यान अफ दि सिरिज भए । 

कोहलीको रेकर्ड
कोहली सबै फर्मेटमा कप्तानका रुपमा सबैभन्दा बढी रन बनाउने भारतीय खेलाडी बनेका छन् । उनले महेन्द्र सिंह धोनीको रेकर्ड तोडेका छन् । 

कोहलीले १९९ इनिङमा ११२०८ रन बनाए भने धोनीले ३३० इनिङमा ११२०७ रन बनाएका थिए । 

कोहलीले कप्तानका रुपमा ८२ इनिङमा ५००० रन पूरा गरेका छन् । धोनीले १२७ इनिङमा पूरा गरेका थिए । 

रोहितको रेकर्ड
रोहितले सबैभन्दा छिटो नौ हजार रन पूरा गर्ने भारतीयको दोस्रो नम्बरमा रहेका छन् । रोहितले २१७ इनिङमा यो आँकडा पूरा गरेका हुन् । कोहलीले १९४ इनिङमै यो रेकर्ड बनाएका थिए । 

रोहित एक दिवसीयमा सबैभन्दा बढी सतक बनाउने खेलाडीको चौथो नम्बरमा पुगेका छन् । 

भारतीय सचिन तेन्दुलकरले ४९, विराट कोहलीले ४३, अष्ट्रेलियन रिकी पोन्टिङले ३० तथा रोहितले २९ सतक बनाए । 

रोहितले करियरको २९ औं सतक बनाउने क्रममा कोहलीसंग मिलेर १८ पटक सतकीय साझेदारी गरेका छन् । 

बैंगलुरुको खेलमा १३७ रनको साझेदारी भएको थियो । दुवै तेस्रो स्थानमा छन् । सचिन र सौरभ गांगुलीबीच २६ पटक सतकको साझेदारी भएको थियो । 

श्रीलंकाका कुमार सांगाकारा र तिलकरत्ने दिलशानबीच २० पटक सतकको साझेदारी भएको थियो । 

रोहितले अष्ट्रेलियाविरुद्ध ८ सतक बनाएका छन् । सचिनले ९ तथा कोहलीले ८ सतक बनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ