arrow

लिभरपुललाई रोक्न मुस्किल, १६ अंकको अन्तर

logo
प्रकाशित २०७६ माघ ६ सोमबार
liverpool32.jpg

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा लिभरपुललाई उपाधि यात्राबाट रोक्न मुस्किल देखिएको छ । अहिलेसम्म खेलेका २२ खेलमा अपराजित लिभरपुलले दोस्रो स्थानको टिमसंगको अन्तरलाई पनि १६ पुर्याइसकेको छ । 

आइतबार राति शीर्ष स्थानको लिभरपुलले सहज जित निकालेको छ । घरेलु एनफिल्डमा आइतबार राति भएको खेलमा लिभरपुलले म्यान्चेस्टर युनाइटेडलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुललाई जित दिलाउन भिर्गिल भान डाइक र मोहमद सलाहले एक एक गोल गरे ।

खेलको १४ औं मिनेटमा भान डाइकले हेडबाट गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको इन्जुरी समयमा सलाहले गोल गर्दै दोस्रो गोल गरेका थिए । 

लिभरपुलले २२ खेलमा २१ जितसहित ६४ अंक जोडेको छ । एक खेल बराबरी गरेको थियो । एक खेल बढी खेलेको दोस्रो स्थानको म्यान्चेस्टर सिटीको ४८ अंक रहेको छ ।

लिभरपुलसँग पराजित युनाइटेडको ३४ अंक रहेको छ । युनाइटेड लिगको पाँचौं स्थानमा रहेको छ । 

२३ खेलबाट ४५ अंकको लेस्टर सिटी तेस्रो स्थानमा छ । लेस्टर आइतबार रातिको खेलमा बर्नलेसंग २–१ गोल अन्तरले पराजित भयो । 

चौथो स्थानको चेल्सीको ३९ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ