arrow

थोराङपासमा सेल्टर बनेपछि पर्यटकलाई सुविधा

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
Annapurna-Rescue-1.jpg.jpeg
मुस्ताङ । राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत थोराङपासमा अस्थायी सेल्टर (आवास गृह) निर्माण भएपछि पर्यटकलाई सहज भएको छ । जिल्ला विकास समिति मुस्ताङ र पर्यटन बोर्डको रु ४० लाखको लगानीमा सेल्टर निर्माण गरिएको हो ।  एक्काइस दिन लाग्ने पदमार्गको पदयात्रामा आउने अधिकाँश पदयात्री समुद्री सतहदेखि ५४ सय मिटर उचाइमा रहेको थोराङपासमा पुग्न चाहान्छन् । 
 
जिल्ला विकास समितिका कार्यक्रम अधिकृत केदारसिंह थापाले मनाङ र मुस्ताङको सिमानामा पर्ने थोराङ क्षेत्रमा आवश्यकताको आधारमा दुईवटा सेल्टर निर्माण गरिएपछि यो सिजनमा आउने पदयात्रीलाई सहज भएको जानकारी दिए । पर्यटकलाई विश्राम, आवश्यक लत्ताकपडा र खाद्यान्न राख्न तथा प्रतिकूल मौसमको समयमा बासबस्न मिल्ने भएपछि पर्यटकहरु उत्साहित भएको बताइएको छ । 
 
दुई वर्षअघि हुँदहुँद आँधीका कारण परेको बेमौसमी हिमपातले थोराङ क्षेत्रमा मात्रै विदेशी पर्यटक र नेपाली गाइड तथा भरिया गरी २५ भन्दा बढीले ज्यान गुमाएका थिए । आँधीको प्रभावका कारण दुई दिनसम्म लगातार हिउँ परेपछि मनाङ हुँदै आएका पर्यटकको अत्यधिक चिसोले कठ्याङग्रिएरै मृत्यु भएको थियो । 
 
लामो समयदेखि सेल्टर निर्माण गर्नुपर्ने बहस चले पनि प्रक्रिया अघि नबढ्दा उक्त समयमा ठूलो मानवीय क्षति भएको थियो ।  अहिले सेल्टर बनेपछि हिमपातकै कारणले यस्तो मानवीय क्षति नहुने (एक्याप) का पर्यटन सहायक बेलबहादुर पुनले जानकारी दिए । 
 
“पर्यटकले पनि ठिक ठाउँमा सेल्टर बनेको छ भनेर प्रतिक्रिया दिएका छन्, अझै त्यसलाई व्यवस्थित बनाउनुपर्नेछ,” सहायक पुनले भने । बोर्ड तथा मन्त्रालयले पक्की घर नै बनाउन भनेर बजेट दिएको भए पनि तत्काल सम्भव नभएका कारण टिन र फलामको सहायताले अस्थायी आवासगृह निर्माण गरिएको जिविसले जनाएको छ । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ