arrow

नेपाललाई नामिवियाको १९६ रनको चुनौती

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-namibia.jpg.jpeg
काठमाडौं । कीर्तिपुरमा जारी विश्व लिग क्रिकेट च्याम्पियनसिपमा नामिवियाले नेपाललाई एक सय ९६ रनको चुनौती दिएको छ । टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरका ९ विकेट गुमाएर एक सय ९५ रन बनायो । नेपाली बलरले दबबा राख्दै नामिवियालाई २ सय रन पार गर्न दिएनन् । यद्यपि, भरीभराउ दर्शक सामु पहिलोपट खेलेको नामिवियाले संयमिति व्याटिङ गर्दै सम्मानजनक प्रर्दशन गरेको छ । नेपाल केही बेरमा व्याटिङ गर्ने छ । 
 
नामिवियाका लागि सरेल बर्गरले ३८ रन बनाए । उनले ७७ बलमा ४ चौकाको मद्दतले ३८ रन बनाए । बर्गर नेपालका लागि ३ विकेट लिएका स्पिनर बसन्त रेग्मीको सिकार भए । तेस्रो विकेटका लागि पीकी या फ्रान्सले २६ रन बनाउँदा नवौं विकेटका लागि जेजे स्मितले पनि समान २६ रन बनाए । उनले २ छक्का र १ चौकाको मद्दतले २६ रन बनाएका हुन् । उनी रन आउट भएपनि सोमपाल कामीको सिकार भए ।
 
गेर्हार्डले २५ रन बनाउँदा स्न्यमानले २३ रन बनाए  । नेपालका लागि विकेटको खाता खोलेका सोमपालले २ विकेट लिदा बसन्त रेग्मीले ३ विकेट लिए । स्पिनमैत्री मानिएको कीर्तिपुर मैदानमा डेब्यू खेलाडी एवं लेग स्पिनर सन्दीप लामिछानेले र कप्तान पारस खड्काले समान १–१ विकेट लिए । च्याम्पियनसिपको अंक तालिकामा नेपाल पुछारमा छ । अंक विहिन नेपाललाई यो खेल जित्नै पर्ने दबाब छ । लिगमा ६ खेलबाट १० अंक जोडेको नेदरल्याण्ड्स शीर्ष स्थानमा छ ।
 
समान खेलबाट ९ अंक बटुलेको हङकङ दोस्रो तथा ७ अंक जोडेको स्कटल्याण्ड तेस्रो स्थानमा छ । यसअघि, नेपाल स्कटल्याण्डल र पपुवान्यूगिनीसंग पराजित भएको थियो । पपुवान्यूगिनी समेत ४ अंक बटुलेर पाँचौ स्थानमा पुगको छ । नामिविया नेपाल युएई भन्दा माथि छ भने, नेपाल अंकविहिन रहँदै युएई भन्दा पछि परेको छ । नामिविया र युएईको समान २–२ अंक छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ