नेपाल–नामिविया क्रिकेट : नेपाल ५ विकेटले विजयी (लाइभ)
प्रकाशित २०७३ वैशाख ४ शनिबार
1.2k
Shares
काठमाडौं । नामिवियाविरुद्धको विश्व लिग क्रिकेट च्याम्पियनसिपको एक दिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपालले १७ बल बाँकी छँदै विकेट गुमाउँदै जित हासिल गरेको हो । नेपालका लागि शरद भेषावकर र विनोद भण्डारीले उत्कृठ पारी खेले ।
नेपाल ५ विकेटले विजयी 16:49:48
नेपाल जित नजिक । १८ बलमा ३ रन आवश्यक । 16:43:15
४६ ओभरमा ५ विकेटको क्षतिमा १ सय ८४ रन । 16:37:46
नेपाल जित नजिक । चौका प्रहार । 16:35:50
नेपाललाई जितका लागि २९ वलमा २० रन आवश्यक । 16:33:59
शरद र विनोदको साझेदारी नेपालको जीतको समीकरण । ३६ बलमा २६ रन आवश्यक 16:26:27
नेपाललाई जितका लागि ४० बलमा २८ रन आवश्यक 16:25:09
जितका लागि ४८ बलमा ३४ रन आवश्यक 16:18:13
शरद र विनोदको ६० रनको साझेदारी । शरद ७९ बलमा ३२ रन । ४३ बलमा २९ रन । 16:14:28
जोगिएर खेल्दै नेपाली खेलाडी । 16:13:05
विनोदले उत्साह थपेपछि शरदले पनि चौका प्रहार गरे । 16:09:53
विनोदको तेस्रो छक्का । 15:50:14
विनोदले ल्याए उत्साह । लगातार दोस्रो छक्का 15:45:37
विनोद भण्डारीले छक्का प्रहार गरे । उनको खातामा ७ बलमा ८ रन । 15:44:53
३४ ओभरमा ५ विकेटको क्षतिमा नेपालको ११८ रन । 15:42:54
शरदलाई साथ दिइरहका राजेश पुलामी ९ रन बनाएर आउट भएका छन्, भने विनोद भण्डारी साथ दिन आएका छन् । 15:42:25
नेपालको पाँच विकेट पतन । राजेश पुलामी आउट । 15:39:37
नेपालको सय रन पूरा । 15:21:21
नेपालको ४ विकेट पतन । शरद भेषावकर र राजेश पुलामी मगर क्रिजमा । 15:10:17
नेपालको ४ विकेट पतन । राजु रिजाल आउट 15:04:10
नेपालको तेस्रो विकेट पतन । कप्तान पारस आउट । पारसलाई सरेल बर्गरले आउट गरे । 14:53:52
नेपालको दोस्रो छक्का । पासरले पहिलो छक्का हाने । 14:30:28
दुई विकेट पतनपछी नेपालको पहिलो चौका । 14:27:02
ओनर सुवास खकुरेल र अनिल मण्डल अस्वस्थ भएपछि टोलीमा छैनन् । यो खेलमा नरेश र ज्ञानेन्द्रले ओपनिङ गरेका हुन् । 14:26:07
नेपालको २ विकेट पतन । नरेश बुढाऐर पनि आउट भए । स्न्यमान र झिवागो ग्रोएनवाल्डले विकेट लिए । 14:24:45
नेपालको १ विकेट पतन । ज्ञानेन्द्र मल्ल आउट । नेपाललाई मल्लको भरोसा थियो । 14:18:46
ज्ञानेन्द्रको अर्को चौका । 14:16:43
९ ओभरमा ३४ रन । 14:11:11
चौका प्रहार । ज्ञानेन्द्रको पहिलो चौका । 14:09:40
नेपालको पहिलो छक्का । खेल मैदान गुन्जयमान । नरेश बुढाऐरले हिर्काए छक्का । 14:05:40
७ ओभरको समाप्तिमा नेपालको १९ रन । 14:03:24
नेपाल सट् प्रहार गर्न थालेपछि मैदान गुन्जयमान । यद्यपि, चौका छक्का भएको छैन । 14:01:25