arrow

ज्ञानेन्द्र र नरेश आउट, पारस र शरदको भरोसामा खेल

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-bat-new.jpg.jpeg
काठमाडौं । ओपनरको चर्चाबीच नामिवियाविरुद्धको एक दिवसीय क्रिकेटमा ओपनिङ गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर सम्मानजनक प्रदर्शन गरेर आउट भएका छन् । मल्लले ४० बलमा २१ रन बनाए भने । नरेशले ३० बलमा १६ रन बनाए । नरेशले एक छक्का प्रहार गर्दा ज्ञानेन्द्रले १ चौका प्रहार गरे । 
 
निकै भरोसा गरिएका ज्ञानेन्द्र आउट भएपछि व्याटिङ सम्हाल्ने जिम्मा कप्तान पारस खड्का र मध्यक्रममा व्याट्सम्यान शरद भेषावकरको काँधमा आएको छ । पारस र शरदकै काँधमा टोलीलाई जिताउने जिम्मेवारी छ । सुवास खकुरेल र अनिलमण्डलले खेल्न नपाएपछि ओपनर र किपरको चर्चा भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ