arrow

पर्साका सामुदायिक विद्यालयमा रोबोटिक्स तालिम

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ७ मंगलबार
robetic.JPG

पर्सा । जिल्लाका सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई  रोबोटिक्स तालिम दिइएको छ । गणेशमान सिंह अध्ययन प्रतिष्ठानको आयोजनामा काइचो  ग्रुप र विज्ञान शिक्षक सङ्घको सह-आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न गरिएको हो ।  कार्यक्रमबाट करिब ५०० विद्यार्थीले लाभ लिएको प्रशिक्षक आकृत ढुंगेलले जानकारी दिए ।

गणेशमान सिंह अध्ययन प्रतिष्ठानका अध्यक्ष ,नेपाली कांग्रेसका  केन्द्रीय सदस्य एवम्  पूर्व उद्योग मन्त्री नविन्द्रराज जोशीले त्रि-जुद्ध मावि बिरगंजमा कार्यक्रम समुद्घाटन गरेका थिए ।

प्रबिधिकै माध्यमले राष्ट्रको विकास सम्भव भएको भन्दै जोशीले विद्यार्थीहरु भोलिको भविष्य भएको जिकिर गर्दै काचो माटोको जस्तो स्वरुप दियो त्यस्तै मूर्ति बन्छ भन्दै आफ्नो सुनौलो भविष्यका निम्ति विद्यार्थीले मिहेनत गर्नुपर्ने र शिक्षक त्यसमा कटिबद्ध हुनुपर्नेमा जोड दिए । साथै उनले प्राबिधिक शिक्षाका निम्ति राज्य कटिबद्ध हुनुपर्नेमा समेडत जोड दिए।

कार्यक्रममा नेपाली कांग्रेस पर्सा जिल्ला सभापति अजय द्विवेदी,मकवानपुर जिल्लाका निवर्तमान सभापति रघुरमण न्यौपाने ,नेपाल उद्यमशील समाजका अध्यक्ष खगेन्द्र आचार्य , ग्रुपका अध्यक्ष युवा वैज्ञानिक  सुमन पौडेल र प्रशिक्षकको उपस्थिति रहेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ