arrow

५० रुपैयाँ तलब पाउथे शाहरुख: घुमे ताजमहल, वान्ता गर्दै फर्किए घर

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
saharukh3.jpg

काठमाडौं । बलिउडका किंग शाहरुख खानको विश्वभर प्रशंसकहरू छन्। पछिल्लो समय किंग खान फिल्महरूबाट टाढा छन्, तर हालै उनी रेमो डिसूजाको शो डान्स प्लस ५ मा पुगेका थिए।  जहाँ उनले आफ्नो जीवनको धेरै काहानीहरुको खुलासा गरेका छन् ।

शाहरुख खानले डान्स प्लस ५ मा आफुले पहिलो तलब ५० रुपैयाँ पाएको बताए ।  उनी  त्यसले ताजमहल हेर्न गएका थिए जुन उनीहरूलाई भारी परेको थियो।

शाहरुख खानले आफ्नो जीवन यात्राको बारेमा भने, "म पहिलो तलबबाट ताजमहल हेर्न गएको थिएँ, जुन ५० रूपैयाँ थियो। तर सम्पूर्ण पैसा रेलको टिकटमा खर्च भएको कारण बचेको केहि पैसाले मैले एक गिलास चिसो पेय पदार्थ लिएँ। त्यो गिलासमा झिगा परेको थियो , तर पैसा नभएकोले मैले त्यही पिएँ।  त्यसपछि म वान्ता गर्दै आफ्नो यात्राबाट फर्किए। "

साथै शाहरुखले ९५ वर्षको उमेरमा पनि छैया-छैया गीतमा नृत्य गर्ने बताए ।

हाल शाहरुख खानसँग करिब ६७ अर्व ७७ करोड रुपैयाँको सम्पती रहेको छ । शाहरुखसँग अहिले आफ्नै क्रिकेट टिम छ । शाहरुखसँग आफ्नो नीजि विमान रहेको छ । आफ्नो आलीशान घर तथा विमानको कारण चर्चामा रहने गरेका छन् । शाहरुख खानको विमानको बाथरुम पनि १बीएचके बराबर रहेको छ ।  सो विमानमा उनका सहयोगि कलाकार देखिने गरेका छन् । शाहरुख आफ्नो विमानको प्रयोग चलचित्रको सुटिङ र प्रमोशनको लागि गर्ने गरेका छन् ।

शाहरुख खानका छोरा हुन् आर्यन । जसलेर् लायक किंगमा बाबु शाहरुखसँगै आवाज दिएका थिए । आर्यनलाई कारको पनि निकै शौक छ। उनिसँग मर्सिडीज बेन्ज र फेरारी जस्ता महंगा कार रहेका छन् । आर्यन आफ्ना बुबा शाहरुख खानसँगै 'मन्नत' बंगलामा बस्छन् । शाहरुखसँग मुम्बईमा मन्नत लगायत विश्वका कयौ स्थानमा सम्पती रहेको छ ।

शाहरुख खानका अन्तिम पटक फिल्म जीरोमा देखिएका थिए । यस फिल्ममा शाहरुखले एउटा बाम पुड्को भूमिकामा थिए । यस फिल्ममा शाहरुखसँग अभिनेत्री अनुष्का शर्मा र कट्रीना कैफ पनि मुख्य भूमिकामा थिए।

सन् २०१८ मा शाहरुख खानको एक मात्र चलचित्र रिलिज भयो । चलचित्र 'जीरो' राम्रो सम्भावना बिच चुक्यो । चलचित्रमा सुपरस्टार शाहरुख खान उनको रोमान्टिक स्टारडमबाट बाहिर निस्किएर बाम पुड्के बनेका थिए । साथै  निर्देशक आनंद लाल रायले आफ्नो सेफ साइटबाट बाहिर निस्किएर केहि फरक गर्ने  प्रयास गरेका थिए । तर चलचित्रमा दुवै सफल भने हुन सकेन ।  स्टार र निर्देशकले चलचित्रको सम्पर्ण रुपमा यसरी काम गरेकी चलचित्र कृत्रिम जस्तो देखियो ।

 चलचित्रमा शाहरुख पत्नी गौरी निर्माता थिइन् ।  यद्यपि फिल्म बक्स अफिसमा राम्रो गर्न सकेन, असफल भयो। यो फिल्म पछि, प्रशंसकहरू शाहरुखले उनको अर्को घोषणाको लागि पर्खिरहेका छन्, तर शाहरुखको अर्को फिल्म कुन हुनेछ भनेर कुनै अत्तोपत्तो छैन।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ