arrow

नेपाल–नामिविया क्रिकेट : दबाबमा परेको टोलीलाई शरदकै भरोसा

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
nepal-fan-rukhma-1.jpg.jpeg
काठमाडौं । नेपाल र नामिवियाबीचको विश्व लिग क्रिकेट च्याम्पियनसिपको एक दिवसीय क्रिकेट घरेलु मैदानमा जारी छ । नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपाल नामिवियाका बलरसामु दबाबमा परेको छ । नेपालले व्याटिङ भरोसा गरेका कप्तान पारस खड्का, उपकप्तान ज्ञानेन्द्र मल्ल, नरेश बुढाऐर आउट भएका छन् । भरोसा गरेका खेलाडी आउट भएपछि नेपाल दबाबमा परेको छ ।
 
यस्तै, यु–१९ कप्तान राजु रिजाल समेत सस्तैमा आउट भए  । अब लामो समय नेपाली व्याटिङ सम्हालेका मध्यक्रमका व्याट्सम्यान शरद भेषावकरकै भरोसा छ । उनलाई साथ दिइरहका राजेश पुलामी आउट भएका छन् भने विनोद भण्डारी साथ दिन आएका छन् ।  तेस्रो क्रममा आएका शरद अविजित छन् । 
 
पारस खड्का २१ रन बनाएर आउट हुँदा ओपनिङ गरेका उपकप्तान ज्ञानेन्द्र मल्ल र नरेश बुढाऐर सम्मानजनक प्रदर्शन गरेर आउट भएका छन् । मल्लले ४० बलमा २१ रन बनाए भने । नरेशले ३० बलमा १६ रन बनाए । नरेशले एक छक्का प्रहार गर्दा ज्ञानेन्द्रले १ चौका प्रहार गरे । शरदले यसअघि एक दिवसीयमा ४ सय १६ रन बनाएका छन् । सरदका लागि यो अवसर पनि हुने छ । उनलाई यो आफ्नो एक दिवसीयको ५ सय रन पूरा गर्ने अवसर समेत हुनेछ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ