arrow

महिला फुटवल प्रतियोगिताको उपाधी मोरंगको पोल्टामा

logo
प्रकाशित २०७६ माघ ७ मंगलबार
dhankutas.JPG

धनकुटा । धनकुटामा संचालन भएको शहिद रामकृष्ण श्रेष्ठ गोल्ड कप ३०७६ को उपाधी मोरङ फुटवल संघको महिला टिमलेले चुम्न सफल भएको छ ।   धनकुटा टुडिखेलमा  सम्पन्न फाइनल खेलमा धनकुटा फुटवल संघको टिमलाई १–० गोलअन्तरले पराजित गर्दै मोरङले उपाधी हात पारेको हो ।

मोरङले उपाधी सँगै मोरङले नगद १ लाख सहित ट्रफि हात पार्यो । त्यस्तै उपविजेतामा चित्त वुझाएको धनकुटाले नगद ५० हजार र ट्रफि प्राप्त गरेको छ । ईमा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी समेत घोषित भइन् ।

विधागत तर्फ मोरङकी कल्पना क्षेत्री उत्कृष्ट गोलकिपर, पारस चौधरी उत्कृष्ट प्रशिक्षक, आशा लिम्बु डिफेन्डर घोषित भए । त्यस्तै धनकुटाकी सन्ध्या रम्तेल उत्कृष्ट मिडफिल्डर, उदयीमान खेलाडी धनकुटाकी सुनिता तामाङ भए । प्रतियोगिताभरि २÷२ गोल गरेर सर्वाधिक गोलकर्ताको रुपमा मोरङकी सावित्रा मगर र इमा राई पुरस्कृत भए । सवैलाई नगद पुरस्कार वितरण गरिएको थियो ।

विजेता तथा उपविजेता खेलाडीहरुलाई पूवमन्त्री सुनिलबहादुर थापा, १ नं. प्रदेश सांसद लिला सुब्बा,धनकुटा नगरपालिका का प्रमुख चिन्तन तामांग, प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे,बरख गण सल्लेरी व्यारेकका गणपती  कर्णेल भगवान थापा ,जिल्ला प्रहरी कार्यालय धनकुटाका एस पी सुदृशन प्रसाद कोईराला,सशस्त्र प्रहरी बल  ६ नम्वर गुल्म छिन्तांगका गुल्मपती डिएसपी सचिन कर्माचार्य,प्रतिष्ठानका अध्यक्ष इश्वर वहादुर श्रेष्ठ,सल्लाहकार विजय सन्तोषी राई,शहिद राम कृण श्रेष्ठ का बैनीहरु शुभ लक्ष्मी श्रेष्ठ,उमालक्ष्मी श्रेष्ठ , धनकुटा इन्स्टिच्यूट अफ हल्थ्य बौद्धिक समाजका अध्यक्ष लाकेन्द्र रायमाझी,वरिष्ठ समाजसेवी मेगेन्द्र गुरुग, लगायतले नगर पुरस्कार,कप,मेडल तथा प्रमाण पत्र वितरण गरेका थिए  ।

सोही अवसरमा  धनकुटामा लगायत पुर्वी नेपालमानै फुटबल क्षेत्रको विकासमा महत्वपूर्ण योगदान दिएकोमा शहिद भीम नारायण श्रेष्ठ गोल्ड कपका संस्थापक अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ,सुनसरी फुटबल संघका अध्यक्ष दिलिप राई, धनकुटा फुटवल संघका पूर्व अध्यक्षहरु अशोक भगत श्रेष्ठ,शम्भु प्रधान,धिरेन्द्रलाल श्रेष्ठ र बर्तमान अध्यक्ष गोविन्द्र राईलाई सम्मान गरिएको थियो भने । गोल्ड कपको उकृष्ठ समाचार सम्पेषण गरेकमा संचारकर्मीहरु हरिबहादुर लम्जेल, रमेशचन्द्र अधिकारी र शर्मिला राईलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको संचालन समाजसेवी युवा नेता सुमना तिम्सिनाले गरेकी थिइन् ।

विराटनगरमा तत्कालिन राजा विरेन्द्र र उनका परिवार २०३० साल चैत्र ३ गते सवारी हुदा आन्दोलन गर्ने क्रममा बम प्रहार गर्दा साहदत प्राप्त गरेका प्रजातानित्रक योद्धा रामकृष्ण श्रेष्ठको सम्झनामा प्रतियोगिता संचालन गरिएको हो ।

 २०७४ साल माघ ३ गते तत्कालिन शेरवहादुर देउवाको नेतृत्वमा रहेको सरकारले राष्टिय शहिद घोषणा गरेको दिन पारेर शहिद राम कृष्ण श्रेष्ठ स्मृती प्रतिष्ठानले आयोजना गरे  प्रतियोगितामा प्रदेश नं. १ भरिका ८ टिमको सहभागीता रहेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ