arrow

सिटीलाई सफलता, चेल्सी र आर्सनल बराबरी

logo
प्रकाशित २०७६ माघ ८ बुधबार

काठमाडौं । इंगलिश प्रिमियर लिग फुटबलमा मंगलबार राति ६ खेल भएका छन् । जसमा १८ गोल भएको छ । म्यान्चेष्टर सिटीले सफलता हासिल गर्दा चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । 

सिटीले सेफिल्ड युनाईटेडलाई उसकै मैदानमा १–० गोल अन्तरले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरोले ७३ औं मिनेटमा विजयी गोल गरे ।

बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका अग्युरोले सिटीका लागि गोल गरेका थिए ।

यता, चेल्सी र आर्सनलले बराबरी खेलेका छन् । लण्डन डर्बीमा चेल्सी र आर्सनलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

२६ औ मिनेटमा डेबिड लुईस रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि आर्सनल १० खेलाडीमा सिमित बनेको थियो ।

खेलमा अग्रता २८ औ मिनेटमा जोर्गिन्होको पेनाल्टी गोलबाट चेल्सीले लिएको थियो । ग्याब्रियल मार्टिनेलीको गोलमार्फत आर्सनल खेलमा फर्कियो । 

ब्राजिली युवा स्टारले ६३ औ मिनेटमा गोल गर्दै पाहुना टोलीलाई खेलमा फर्काएका थिए । खेल सकिन ८ मिनेट अगाडी चेल्सीका कप्तान सिजर एजिपिलिकुएटाले गोल गर्दै घरेलु टोलीलाई पुनः अग्रता दिलाएका थिए ।

त्यसको तीन मिनेटपछि हेक्टर बेलरिनले डिबक्स बाहिरबाट गोल गर्दै आर्सनललाई एक अंक दिलाउन सफल रहे ।

अन्य खेलको नतिजा–
बर्नमाउथ ३–१ब्राइटन
एस्टन भिल्ला २–१ वाटफोर्ड
क्रिस्टल प्यालेस ०–२ साउथह्याम्पटन
एभर्टन २–२ न्युकासल युनाइटेड

अंक तालिका
२२ खेलबाट ६४ अंकसहित लिभरपुल शीर्ष स्थानमा छ । २४ खेलबाट ५१ अंकसहित म्यानचेस्टर सिटी दोस्रो स्थानमा छ । 

२३ खेलबाट ४५ अंकसहित लेस्टर सिटी तेस्रो स्थानमा रहेको छ । चेल्सी २४ खेलबाट ४० अंकसहित चौथो स्थानमा छ । 

म्यान्चेस्टर युनाइटेड २३ खेलबाट ३४ अंकसहित पाँचौं स्थानमा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ