arrow

सुख्खा पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
Mugling-Narayanghat.jpeg

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको सुक्खा पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार इच्छाकामना गाउँपालिका–६ तुइन खोलामा मङ्गलबार राति सुक्खा पहिरो खसेको थियो । 

राति ९ः३० बजे पहिरो खसेर अवरुद्ध बनेको सडक बुधबार बिहान २ः४५ बजेबाट पहिरो पन्छाएपछि सञ्चालनमा आएको नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । खनालका अनुसार पहिरो पन्छाउन दुईवटा जेसीभी र एउटा लोडर प्रयोग गरिएको थियो ।

सुक्खा पहिरो तुइनखोलाको ३ नम्बर पुल नजिक खसेको हो । एक वर्षअघि विस्तारको काम सम्पन्न भएको सो सडकमा अहिले पहिरो रोक्ने काम भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ