arrow

पहिलो पटक ५६४४ मिटरको उचाईमा फेसन शो, आयोजक नेपाल र भारत 

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
mount-everest-model.jpg

काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक बेस क्याम्प भन्दामाथि फेसन शो हुने भएको छ । विश्वमै पहिलो पटक ५ हजार ६ सय ४४ मिटरको उचाईमा अन्तर्राष्ट्रिय फेसन शो हुन लागेको हो । 

यही २६ जनवरी आइतबार माघ १२ गते हुने उक्त फेसन शो कार्यक्रममा मोडलहरुले माइनस ४० डिग्री तापक्रममा र्याम्पमा उत्रेर क्याटवाक गर्नेछन् । 

त्यहाँ मात्र २५ प्रतिशत अक्सिजन हुनेछ ।  

मोडलहरुले र्याम्पका क्रममा पोशाक र जुत्ताको प्रदर्शन गर्नेछन् । आईआईटी दिल्लीको मद्धतले तयार गरिएको वाटर लेस स्पेको प्रयोग गरेर करीव ८ हजार लिटर पानी पनि बचाइने छ । 

नेपाल र भारतले मिलेर संयुक्त रुपमा आयोजना गर्न लागेको फेसन शो मा १२ देशका १७ मोडलले सहभागीता जनाउने बताइएको छ । 

२४५ जना मोडलले सहभागीताका लागि निवेदन दिएकामा १७ जना चुनिएका हुन् । उनीहरुलाई सगरमाथाको उचाईलाई ध्यानमा राखेर मेडिकल र फिटनेसका आधारमा छानिएको हो । 

ट्रेकिङ सुरु
१७ मोडलहरुले उक्त फेसन शोका लागि ट्रेकिङ सुरु गरिसकेका छन् । उनीहरुले गत आइतबारदेखि ट्रेकिङ थालेका हुन् । 

उनीहरुले दैनिक ७ घण्टा ट्रेकिङ गर्नेछन् । उक्त समयमा उनीहरुले दिनभरमा १९ किलोमिटरको दूरी तय गर्नेछन् । 

मोडलहरु २५ जनवरी शनिबारसम्म आयोजनास्थलमा पुग्नेछन् । 

के हो उद्धेश्य  
पर्यावरण संरक्षण र जलवायु परिवर्तनप्रति मानिसहरुलाई जागरुक गराउन उक्त फेसन शो आयोजना गर्न लागिएको हो । 

सबै मोडलहरुलाई एउटा डिभाइस दिइएको छ । ट्रेकिङका दौरान उक्त डिभाइसले कार्बन उत्सर्जनको गणना गर्नेछ । 

यो डिभाइस सफ्टवेयरसंग जोडिएको छ । मोडलहरु घरबाट निस्केदेखि सगरमाथाको फेसन शो स्थलमा पुगेदेखि फर्केर काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्ने बेलासम्मको कार्वन उत्सर्जनको गणना राखिने छ । 

यो हिसाबबाट उनीहरुले रुख रोप्नुपर्नेछ । यी रुखहरु भारतको पुडुचेरीको ओरोविल सोसाइटीले उपलब्ध गराउने छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ