arrow

'झापड हान्ने कुनै निकाय हुदैन'

विशेष अतिथि बोलाइएका मनाङेले कुटे आयोजक

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
dipak-manage.jpeg

काठमाडौं । गण्डकी प्रदेश सांसद राजिब गुरुङ ‘दीपक मनाङे’ले अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेर ठिक गरेको बताएका छन् ।  बुधबार पोखरामा पत्रकार सम्मेलनमा बोल्दै मनाङेले झापड हान्ने कुनै निकाय नहुने बताएका छन् ।

पत्रकारसम्मेलन मनाङेले भने ‘ मान्छे ठग रहेछ। मैले झापड हानेर ठिक गरे ।  झापड हान्ने कुनै निकाय हुदैन ।’

पोखरामा मंगलबारदेखि सुरु भएको ‘मुख्यमन्त्री कप’ फुटबलमा विशेष अतिथिको रुपमा बोलाइएका मनाङेले एन्फा कास्कीका अध्यक्ष गुरुङलाई  झापड हानेका थिए।

सांसद गुरुङले प्रतियोगितामा सहभागी मनाङको फुटबल टिमलाई आयोजकले खाने, बस्ने, खेल मैदानको व्यवस्था नगरेको भन्दै मुक्का हानेका थिए। अध्यक्ष गुरुङका अनुसार मनाङबाट ल्याएको टिमलाई ५ दिन अघिदेखिको होटल खर्च दिनुपर्ने भन्दै सांसद मनाङेले हानेका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ