arrow

बाइस दिनदेखि हुम्लामा टेलिफोन र इन्टरनेट सेवा बन्द

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
nepal-telecom-logo.jpg.jpeg

सिमकोट। हुम्लाको सदरमुकाम सिमकोटसहित आसपासका क्षेत्र २२ दिनदेखि सञ्चारविहीन बनेका छन्। जिल्लामा एडिएसएल सेवा नचले पनि जिल्लाका सरोकार निकाय नेपाल टेलिकम शाखाले ध्यान दिएको छैन।

पहिले कालीकोटको महाबु लेकको रिपिटर टावरमा चट्याङले बिगारेको भए पनि अहिले कम विद्युत् सामथ्र्यका कारण समस्या आएको टेलिकमले भन्दै आएको छ। टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा पनि शाखा कार्यालयले ध्यान नदिएको स्थानीयवासीले आरोप लगाएका छन्। इन्टरनेट सेवा नहुँदा जिल्लाको वस्तुस्थितिबारे केन्द्रमा पठाउन नसकिएको र इन्टरनेट अभावले जनमानसको समस्या समाधान गर्न कठिनाइ भएको प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्ती मगरले बताए।

टेलिकमले एडिएसएल र नमस्ते टेलिफोन सेवा मर्मत गर्न आलटाल गरिरहेको छ। जिल्ला बाहिर नै प्रविधिमा समस्या आएको जनाउँदै हाल मर्मतको कम भइरहेको टेलिकम शाखाका प्रमुख शिवप्रसाद भट्टराईले बताए। जिल्लाको सदरमुकाम सिमकोट लाग्नामा रहेको छोपाखोरमा गत वर्ष जस्तै यस वर्ष पनि समस्या आएको हुन सक्ने उनले आशङ्का गरे। यही माघ १० गतेसम्म मौसम सफा भएमा नेपाली सेना र आफ्ना कर्मचारी मर्मतका लागि पठाइने जानकारी उनले दिए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ