arrow

ट्विंकलको १५ दिने प्रेमी थिए अक्षय, छोराले यस नामबाट सेभ गरे आमाको नम्बर

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
akshayss.jpeg

काठमाडौं ।  बलिउड अभिनेत्री ट्विंकल खन्ना लामो समयदेखि ठूलो पर्दाबाट टाढा छिन। उनी सोशल मिडियामा धेरै सक्रिय छिन्। उनी प्राय: आफ्नो भिडियो र फोटोहरू सोशल मीडियामा शेयर गर्छिन्।

हालै ट्विंकलले आफ्नो आधिकारिक इन्स्टाग्राममा तस्वीर शेयर गरेकी छन‍् । सो तस्विर सोशल मिडियामा एकदम भाइरल भइरहेको छ। तस्वीरमा ट्विंकल खन्नाले विशेष क्याप्शन पनि दिएकी छन् ।

ट्विंकल खन्नाले शेयर गरेको तस्वीर पछाडि प्रहरीको भ्यान देखिएको छ। यस तस्विरको क्याप्शनमा ट्विंकल खन्नाले छोरा आरबको बारेमा खुलासा गरेकी छन्।

ट्विंकल खन्नाले क्याप्शन मार्फत बताइन् कि उनको छोरा आरबले उनको नाम पुलिसको नामबाट उसको फोनमा सेभ गरेका छन् । सबै सामाजिक मिडिया प्रयोगकर्ताहरूका साथै उनका फ्यानहरू ट्विंकलको पोष्टमा प्रतिक्रिया दिदैछन् ।

अक्षय कुमार र ट्विंकल खन्नाको विवाह को १९ बर्ष पूरा भएको छ। अक्षय र ट्विन्कलको १७ जनवरी २००१ मा विवाह भएको थियो। सोशल मिडियामा अक्षयले प्रायःतस्वीर वा भिडियोहरू अपलोड गर्दछ।

अक्षय र ट्विंकलले केही फिल्महरूमा सँगै काम गरे। एक अन्तर्वार्ताको क्रममा अक्षयले उनी र ट्विन्कल पहिलो पटक फिल्मफेयरको फोटोशूटमा भेटेको बताएका थिए। अक्षयले ट्विंकललाई हेर्न मन पराउँथे।

इंटरनेशनल खिलाडी फिल्मको शुटिङको क्रममा दुबैबीच प्रेम भयो। एक अन्तर्वार्तामा, ट्विंकलले भनेकी छन् जब उनले अक्षयलाई डेटिङ गर्न थालिन्, उनी लामो सम्बन्धबाट बाहिरिइन् र कसैसँग केही दिन रमाइलो गर्न चाहन्थिन्।

ट्विंकलका अनुसार उनले अक्षयलाई केवल १५ दिनको लागि आफ्नो प्रेमी बनाएकी थिइन्। यस्तो अवस्थामा दुवैले केही समयसँगै बिताएपछि विवाह गर्ने निर्णय गरे।

 एक अन्तर्वार्तामा अक्षयले भनेका छन्- जब उनी ट्विंकलको हात माग्न आमा डिम्पल कपाडियालाई भेट्न गए तब डिम्पलले उनी समलिङ्गि नै हुन् भन्ने सोचिन् र उनले आफ्नी छोरीको जीवन बिगार्न सक्छन्।

 यसै कारण डिम्पलले एक बर्ष विवाह गरिदिने सर्त राखिन् ।  अन्तत अक्षय-ट्विंकल एक वर्ष पछि विवाह भयो। विवाह पछि, ट्विंकलले उनको फिल्म क्यारियरबाट बिदा लिइन् ।

केहि समय पहिलेको 'कफी विद करण' शो मा अक्षय कुमार श्रीमतिका भन्दा निकै शान्त देखिए । पूरै शोमा ट्विंकल नै बोलि रहिन् अक्षय चुपचाप बसेर कफी पिइरहे । सो क्रममा  ट्विंकलले भनिन् उनकी आमा डिम्पल अक्षयलाई गे (तेस्रो लिङ्गि) सोचथिइन् । सोहि कारण डिम्पल ट्विंकल र अक्षयको विवाह नहोस भन्ने चाहान्थिइन् ।
 
ट्विंकलले भनिन् , 'अक्षयले मलाई प्रपोज गरेका थिए । मैले हुन्छ भने , तब उनि मेरो आमासँग हात माग्न आए । जब मैले अक्षयसँग विवाह गर्ने बताए ,तब वहाँले अचम्म मान्नु भयो ।  मेरा एकजना पत्रकार मित्र सन्दिपले मलाई अक्षय गे रहेको बताएका थिए । तर मलाई यस कुरामा सत्यता लागेको थिएन। मैले यो कुरा आमासँग शेयर पनि गरेको थिए । त्यसैले आमाले भन्नुभयो अक्षय र म एक बर्ष सम्मसँगै बस्नु पर्नेछ , त्यसपछि के गर्ने त्यसको निर्णय हुनेछ । हामिले एक बर्ष सँगै बितायौ त्यसपछि हाम्रो बिवाह भयो ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ