arrow

वास्तुशास्त्र अनुसार कस्तो जग्गा तथा घरले ल्याउछ खुशी ?

घरको आध्यात्मिक स्पन्दन एवं त्यसको प्रभाव

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७६ माघ ८ बुधबार
home-spiritual-vibrations1.jpg

काठमाडौं । घर मानिसका लागि वासस्थानको रूपमा प्रयोग हुने संरचना हो । मानिस सबै घरमा बस्छन् । हामी कस्तो प्रकारको घरमा बस्छौ, त्यसको निर्भर हाम्रो जीवनशैलीले गर्दछ । हामी कहाँ रहन्छौं, कसरी घर बनाउँछौं, कसरी बस्तुहरु राख्छौं इत्यादि का आधारमा हाम्रो घर विविध आध्यात्मिक स्पन्दन प्रक्षेपित हुन्छन् ।

 घरको आध्यात्मिक स्पन्दन सुधारर्नाले अनेक सकारात्मक प्रभाव पर्न सक्ने आध्यात्मिक अनुसन्धानले देखाउछ । घरको आध्यात्मिक स्पन्दन सुधारर्नाले आर्थिक सुरक्षामा वृद्धि, घरमा रहनेहरुसँगको सम्बन्धमा सुधार आउने, अधिक आनन्द मिल्ने तथा घरमा जो साधना गर्छ उनको साधनामा आउने बाधा कम हुन जाने आदि फाइदा पुग्छन् । यस लेखमा हामीले घरको आध्यात्मिक स्पन्दनलाई केले प्रभावित गर्दछ, यस सन्दर्भमा केन्द्रिन्त छौ ।

आध्यात्मिक अनुसन्धमा आध्यात्मिक विश्वको अध्ययनलाई महत्त्व दिएको छ । यस अध्ययनको माध्यमबाट हामी कुनै पनि अनुभवको वास्तविक कारण तथा प्रभाव बुझ्न प्रारम्भ गर्न सक्छौं । उदाहरणको लागि, आध्यात्मिक अनुसन्धानको माध्यमबाट हामीले  वैवाहिक जीवनमा कलह हाम्रो पितृदोष (अतृप्त मृत पूर्वजबाट उत्पन्न समस्याहरु) को कारण हुन सक्छ भन्ने बुझ्न सक्छौ  ।

ठीक यसै प्रकार, आध्यात्मिक अनुसन्धानबाट हामीलाई कुनै घरमा सौभाग्य तथा सुखी ल्याउँने र कुनै घरमा बस्नेहरुलाई कष्ट दिने किन र कसरी हुन्छ बुझ्न सक्छौ । घरको आध्यात्मिक स्पन्दनहरुलाई अध्ययन गर्नु भन्दा पहिला वास्तुशास्त्रको केहि मूलभूत सिद्धान्त बुझ्न आवश्यक छ ।

वास्तुशास्त्र एउटा वैदिक विज्ञान हो, जुन वास्तुमा निर्मित सुखद तथा कष्टदायक तरङ्गका भिन्ताहरुका विवेचन गर्दछन् । खुल्ला स्थान जुन चारैतर्फबाट पर्खालले घेरिएको हुन्छ, चाहे त्यहाँ छत होस् या नहोस् त्यो वास्तु (परिसर) को अर्थ हो। यस प्रकार बनेको सबै रचनाहरुमा एउटा शक्तिको केन्द्र हुन्छ, जसलाई त्यस वास्तुको देवता पनि भनिन्छ । त्यहाँ हुने राम्रो अथवा कष्टदायक घटनाहरुलाई शक्ति प्रदान गर्नु नै उनको कार्य हो ।

वास्तुमा तरङ्ग
वास्तुमा निर्मित राम्रो अथवा कष्टदायक तरङ्गहरुका अन्तर बुझ्नको लागि त्यसको निर्मिण कसरी हुन्छ त्यो बुझ्न आवश्यक छ । खाली वास्तुमा तीन प्रकारका तरङ्गहरु हुन्छन् । पहिलो प्रकारको तरङ्ग त्यस भूखण्डबाट प्रक्षेपित हुन्छ, जस्मा घर बनेको छ । दास्रो प्रकारमा ३६० तरङ्गहरु हुन्छन्, जुन भूलोक समान्तर हुन्छ । यो तरङ्ग वास्तुमा गोलाकार शैलीमा घुमी रहन्छ । र तेस्रो प्रकारमा विचारको तरङ्ग हुन्छ, जसले वास्तुको निर्माण गर्दछन्, त्यहाँ रहने व्यक्तिहरु तथा वास्तुमा आउने व्यक्तिहरुको कारण निर्मित हुन्छन् । यी तीनै प्रकारका तरङ्गहरु आपसमा जुद्छन् अनि परिणामस्वरूप वास्तुमा तरङ्गका कुल गति अस्थिर (अव्यवस्थित) हुन जान्छ ।  वास्तुशास्त्र यी अस्थिर (अव्यवस्थित) स्पन्दनका प्रभाव कसरी हटाउन सकिन्छ, यो बुझ्नमा हामीलाई सहायता गर्दछ ।

वास्तुमा स्पन्दनलाई प्रभावित गर्ने कारक
हामी वास्तुको निर्माण कुन प्रकार गर्ने जसले कष्ट टाल्न सकिन्छ तथा त्यहा आध्यात्मिक रूपले सकारात्मक स्पन्दन आकर्षित गर्न सकिन्छ ।घरको लागि भूमि छान्ने समय त्यो भूमि कुन प्रकारको स्पन्दन आकर्षित गर्दछ यो जाँच गर्न आवश्यक छ  । चौकार अथवा आयताकार भूखण्ड सकारात्मक प्रभाव निर्मित गर्दछ भने अन्य आकारका भूखण्डका प्रभाव कष्टदायक हुन्छन् । उत्तरी तथा दक्षिण किनाराको दूरी पूर्व तथा पश्चिम किनाराको दूरी भन्दा अधिक भए त्यो भूमिले राम्रो स्पन्दन प्रक्षेपित गर्दछ । यसको विपरीत रचना हुदाँ कष्ट नै हुन्छ । भूमिको आगाडीको भाग पछिको भाग भन्दा साघुरो छ भने  त्यो भूमिले मालिकलाई समृद्धि तथा मनसिक शान्ति प्रदान गर्दछ । भूमिको आगाडीको भाग पछिको भाग भन्दा अधिक चौडा छ, भने त्यो भूमि नकारात्मक स्पन्दन प्रदान गर्दछ जसले त्यस भूमिको मालिकलाई कष्ट हुन्छ ।

एउटा सानो भूखण्ड यदि दुईठूलो भूखण्ड बिच छ भने पनि कष्ट हुन्छ, किन कि ठूलो भूखण्को तरङ्ग सानो भूखण्डलाई विशेष रूपले प्रभावित गर्दछ । यस बाहेक, उचाईतथा गहिराई कसरी भूखण्डलाई प्रभावित गर्दछ, कुन प्रकारको परिवेश राम्रो अथवा कष्टदायक हुन्छ, नदी, ताल, पोखरी को रूपमा जलको उपस्थिति राम्रो हुन्छ अथवा हुँदैन, इत्यादि का सन्दर्भमा वास्तुशास्त्रले विस्तृत वर्णन गरेको छ । उदाहरणको लागि चिहान अथवा श्मशान नजिकै घर बनाउन हुँदैन । किनकि मृत व्यक्तिको सूक्ष्म-देह तथा अनिष्ट शक्तिहरु (भूत, प्रेत, राक्षस आदि) त्यस स्थानमा आउदछन् जसले कष्ट हुन सक्छ ।

वास्तविक वास्तुको स्पन्दन
वास्तुशास्त्र अनुसार, वास्तविक वास्तुको आध्यात्मिक स्पन्दन अनेक कारणहरुमा निर्भर गर्दछन् । निर्माणको लागि उपयोग गरिने पदार्थ जस्तै –पत्थर तथा माटो सिमेन्टभन्दा सकारात्मक तरङ्ग आकर्षित गर्ने क्षमता अधिक हुन्छ । मुख्य ढोका, भान्छा घर, शौचालय इत्यादि का दिशा ।  वास्तुको उददेश्य जस्तै – घर, सपिङ्ग मल, महल, मन्दिर इत्यादिका लागि ।

दोषयुक्त वास्तुमा रहदा भएको कष्टको अनुभव
अनुचित रूपमा बनेको वास्तुको कारण त्यहाँ रहने व्यक्तिलाई विविध प्रकारको कष्ट हुन सक्छ । शारीरिक रोग जस्तै पेटको समस्या, गठिया, पक्षाघात हुनसक्छ । मानसिक समस्याहरु, जस्तै चिन्ता, निराशा,  गर्भस्थ शिशुमा नराम्रो प्रभाव पर्ने आदि हुन्छन्। यदि वास्तुमा कोठाहरुको संरचना गलत छन् भने विशिष्ट प्रकारको कष्ट हुन सक्छ ।

वास्तुको स्पन्दनलाई बढाउने कारक
आध्यात्मिक रूपले अनिष्ट शक्तिदेखि घरको शुद्ध गर्नुपर्छ । माथिका कारक पूरै वास्तुको स्पन्दनलाईकति मात्रामा प्रभावित गर्दछन् ।  घर तथा भूखण्डको भौतिक गुणहरु भन्दा पनि अधिक घरमा रहने व्यक्तिहरु तथा तिनीहरुले के गर्दछन्, त्यसले वास्तुको स्पन्दन निर्धारित हुन्छ ।

वास्तुको तरङ्गहरुका आध्यात्मिक कारण
सामान्यतः वर्तमान समयमा वास्तु रज-तमप्रधान हुन्छ, त्यसैले त्यहाँ विद्यमान शक्तिको स्वरूप राक्षस समान हुन्छ, देवता समान हुँदैन । यसको अतिरिक्त, केहि वास्तु अनिष्ट शक्ति (भूत, प्रेत, राक्षस आदि) आकृष्ट गर्दछ । उदाहरणको लागि अस्पताल, प्रहरी स्टेशन, जेल जस्ता स्थान जहाँ गलत प्रकारको लेन-देन हुन्छ, त्यस्तो स्थान जहाँ कसैको हत्या गरेको हुन्छ, चिहान अथवा श्मशान  इत्यादिमा कष्टदायक तरङ्ग अनुभव हुन्छ । किनकि त्यहाँको व्यक्ति दुखी अथवा नराम्रो प्रवृत्तिको हुन्छ ।

अध्यात्मको मूलभूत छ सिद्धान्त अनुसार नियमित साधना गर्ने तथा सत्त्वप्रधान जीवनशैली अपनाउनाले, वास्तुमा सकारात्मक तरङ्ग आकर्षित हुन सक्छ । यस विषयमा केहि व्यावहारिक सूत्रहरु अगाडिको लेखमा दिएको छ । वास्तुशास्त्र, सुखदायक घरको लागि भूमिको छनैट तथा भवन-निर्माणका लागि अत्यन्त लाभदायक सुझावहरु दिन्छ। तथापि घरमा रहने व्यक्तिहरुका स्वभाव तथा त्यहाँ हुने गतिविधिहरु यो निर्धारित गर्नमा अधिक महत्त्व राख्दछ कि हामी घरमा के अनुभव गर्दछौं यो बुझ्न महत्त्वपूर्ण छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ