arrow

नेपाल राष्ट्र बैंकलाई खाता रोक्का गर्न पत्राचार

logo
प्रकाशित २०७६ माघ ८ बुधबार
nepal-rastra-bank.jpg.jpeg

काठमाडौं । चिनी मिलको बैंक खाता रोक्का गर्न नेपाल राष्ट्र बैंकलाई पत्राचार गरिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले अन्नपूर्ण चिनी मिल सञ्चालकको खाता रोक्का गर्न पत्राचार गरेको हो । 

ठूलो परिमाणमा उखु किसानको उखुको रकम भुक्तानी गर्न बाँकी रहेको चिनी उद्योगको हकमा किसानलाई भुक्तानी दिने प्रयोजन बाहेकका अन्य आर्थिक कारोबार रोक्का राख्न पत्राचार गरेको मन्त्रालयले जनाएको हो ।

सर्लाहीको अन्नपूर्ण चिनी मिलका सञ्चालक राकेशकुमार अग्रवालले उखु किसानको बक्यौता तिर्ने मन्त्रालय सामु नै बाचा गरेका थिए । तर मंगलबार माघ ७ सम्म जम्मा तीन करोड ९० लाख रुपैयाँमात्र किसानलाई दिएको छ ।

अझै ४२ करोड किसानको बक्यौता रहेको पाइएपछि मन्त्रालयले खाता रोक्का राख्न पत्राचार गरिएको जनाएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ