arrow

सन्दीप लामिछाने नर्भस नाइन्टिजको शिकार 

logo
प्रकाशित २०७६ माघ ९ बिहिबार
sandeep-lami.jpg

काठमाडौं । नेपाली युवा क्रिकेटर सन्दीप लामिछाने नर्भस नाइन्टिजको शिकार भएका छन् । उनी बुधबार टी–२० क्रिकेटमा इतिहास रच्न चुकेका हुन् । 

बुधबार उनले अन्तर्राष्ट्रिय टी–२० र टी–२० फ्रेन्चाइज लिगमा १०० विकेट लिने ठूलो अवसर थियो । 

९८ विकेटमा अड्किएका सन्दीपले अस्ट्रेलियामा जारी बिग बास लिग (बीबीएल) को बुधबारको खेलमा दुई विकेट लिएको भए शतक विकेट पूरा गर्ने थिए । 

मेलबर्न स्टार्सबाट खेलिरहेका सन्दीपले बुधबारको एडिलेड स्ट्राइकर्स विरुद्धको खेलमा विकेट लिन नसकेका हुन् । 

उनको टिम पनि पराजित भयो । 

अब शनिबार जनवरी २५ तारिखमा उनको टिमले ब्रिसबेन हिटसंग खेल्नेछ । यो खेलमा उनी सहभागी भएर २ विकेट लिए भने शतक पुग्नेछ । र इतिहास रच्नेछन् । 

यस्तो छ विकेट समीकरण 

सन्दीपले राष्ट्रिय टोलीबाट १७ खेल खेल्दै २८ विकेट लिएका छन् । उनले अन्तर्राष्ट्रिय टी–२० क्रिकेट खेल भने १८ वटा खेलेका छन् । उनले सन् २०१८ को मे ३१ मा वेस्ट इन्डिज र वल्र्ड एलेवेनबीच भएको खेलमा अन्तर्राष्ट्रिय टी–२० क्रिकेट डेब्यु खेलका रूपमा वल्ड एलेवेनबाट खेलेका थिए । 

टी–२० फ्रेन्चाइज लिगमा उनले ७० विकेट लिएका छन् । उनले विश्वकै सर्वाधिक लोकप्रिय र महङ्गो फ्रेन्चाइज लिग ‘इन्डियन प्रिमियर लिग’ आईपीएलको दुई सिजन खेलिसकेका छन् । 


यता दोस्रो पटक बिगबास खेलिरहेका उनले यस सिजनमा ११ खेलबाट १४ विकेट लिइसकेका छन् ।

सन्दीपले ७३ वटा टी–२० खेल खेल्दा १ हजार ८ सय ४१ रन खर्चिएर ९८ विकेट लिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ