arrow

प्रदेश दुईमा राष्ट्रियसभा निर्वाचन

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ माघ ९ बिहिबार
pradesh-2-election.jpg

जनकपुर । प्रदेश नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनको चार सिटका लागि मतदान भइरहेको छ । बिहीबार जनकपुरधाम महेन्द्रनारायाण निधि सांस्कृतिक केन्द्रमा राखिएको मतदान स्थलमा बिहान १० बजेदेखि मतदान भएको हो  ।

आठवटै जिल्लाका मतदाता प्रदेश सांसद, स्थानीय पालिकाका प्रमुख तथा उपप्रमुख मतदान स्थलमा रहेका छन् । प्रदेश  नम्बर दुईमा राष्ट्रियसभा निर्वाचनका १०७ प्रदेश सांसद र १३६ स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी जम्मा ३ सय ७९ मतदाता रहेका हुन् । सबैभन्दा पहिले प्रदेश नम्बर दुईका मुख्यमन्त्री लालबाबु राउतले मतदान गरे।

प्रदेश नम्बर दुईमा राष्ट्रियसभाको चार सदस्यका लागि भएको निर्वाचनमा ८ जनाले उम्मेदवारी दिएका छन् । निर्वाचनमा नेकपासँग  राष्ट्रिय जनता पार्टी  नेपाल  र नेपाली कांग्रेससँग  संघीय समाजवादी पार्टीले छुट्टाछुट्टै गठबन्धन गरी उम्मेदवारी दिएको छ ।
 
दलित एक  सिटका लागि हुने चुनावको लागि नेकपाको तर्फबाट राधेश्याम पासवान र समाजवादी पार्टीको तर्फबाट रामपृत पासवानबिच प्रतिस्पर्धा हुनेछ। महिला एक सिटका  लागि हुने निर्वाचनमा नेकपाको तर्फबाट तुलसाकुमारी दाहाल र नेपाली कांग्रेसको तर्फबाट नगिना यादव मैदानमा रहेका छन।

अल्पसंख्यक एक पदका  लागि नेपाली कांग्रेसबाट भोला पञ्जियार र राजपाबाट शेखरकुमार सिंहले उम्मेदवारी दिएको छ ,भने अन्य  एक पदका  लागि हुने निर्वाचनमा समाजवादीका अनिरुद्धकुमार सिंह र राजपाका मृगेन्द्रकुमार सिंह चुनावी मैदानमा रहेका हुन् ।

निर्वाचन पश्चात  बिहीबार साँझमै मतगणना हुने राष्ट्रियसभा निर्वाचन कार्यालय प्रदेश दुईका निर्वाचन अधिकृमत राजु कुमार खतिवडाले बताए ।  मतदानका लागि वरपरको सुरक्षा व्यवस्था कडा बनाइएका हुन् । मतदान केन्द्र भित्र मोबाइल प्रवेश निषेध गरिएको । मतदान अपराहन्न ४ बजेसम्म चल्नेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ