arrow

विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात, शरद र विनोदको उत्कृष्ठ प्रदर्शन

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
cricket-TU--18.jpg.jpeg
काठमाडौं । नामिवियाविरुद्धको विश्व लिग क्रिकेट च्याम्पियनसिपको एक दिवसीय क्रिकेटमा नेपाल ५ विकेटले विजयी भएको छ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको तेस्रो चरणको खेलमा आएर नेपालले पहिलो जित निकालेको छ । घरेलु मैदान कीर्तिपुरमा नामिवियाले दिएको एक सय ९६ रनको चुनौती पछ्याएको नेपालले १७ बल बाँकी छँदै ५ विकेट गुमाएर जित हासिल गरेको हो ।
 
नेपालले ४७ ओभर १ बलमा ५ विकेटको नोक्सानीमा चुनौती भेट्टायो । नेपालका लागि शरद भेषावकर र विनोद भण्डारीले उत्कृठ पारी खेले । यी दुईले ९० रनको साझेदारी गर्दै टोलीलाई महत्वपूर्ण जित दिलाए । तेस्रो विकेटका लागि शरदले व्यक्तिगत अर्ध सतक बनाए । उनले ९९ बलमा अविजित ५० रन बनाए । 
 
यो संगै सरदले एक दिवसीय क्रिकेटमा ४ सय ६६ रन बनाएका छन् । विनोद भण्डारीले अप्रत्यासित प्रदर्शन गर्दै ४९ बलमा अविजित रहँदै व्यक्तिगत ४० रन बनाए । नेपाल पाँच विकेट गुमाएर दबाबमा परेको अवस्थामा उनले लगातार २ छक्का प्रहार गर्दै दबाब मथ्थर गरे । लगत्तै एक वल विराएर उनले तेस्रो छक्का हानेपछि दबाब नामिवियाका बलरमाथिनै फर्कियो । पाँचौ विकेटका रुपमा राजेश पुलामीलाई गुमाएको नेपालका लागि विनोद उर्जा बनेर आए । विनोदको आगमनपछी शरद समेत उत्साही भए पछि उनले ३ चौका प्रहार गरे । नेपालका लागि एक दिवसीयमा डेब्यु गरेका सन्दीप लामिछाने र राजु रिजालले सुखद् सुरुवात गरे । 
 
टस जितेर पहिले व्याटिङ गरेको नामिवियाले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर एक सय ९५ रन बनाएको थियो । जितसंगै नेपालले च्याम्पियनसिपको अंक तालिकामा खाता खोलेको छ । अब नेपालको २ अंक भएको छ । यसअघि भएका चार खेल गुमाउँदै नेपाल अंकविहिन थियो । नेपाल र नामिवियाबीचको अर्को एक दिवसीय सोमबार कीर्तिपुर मैदानमै हुनेछ । 
 
बलिङ दबदबा !
२५ ओर १ बलमा ओभरमा नेपालको लागि बसन्त रेग्मीले छैटौं विकेट लिएपछि टोली थप दबाबमा छ । यु–१९ कप्तान राजु रिजालले स्टम्पिङ गरेपछि छैटौँ विकेट खस्यो । बसन्तको यो दोस्रो विकेट थियो । बसन्तले गेर्हार्ड ईरासमसलाई आउट गरे । ईरासमसले ३८ वलमा २५ रन बनाए । यसअघि वसन्तले गिर्रेइ स्न्यायमनलाई एलबिडब्लु धरापमा पारी खेलको चौथो विकेट लिएका थिए । 
 
यस्तै, २५औ ओभरमा कप्तान पारस खड्काले बलिङ गर्दा दोस्रो बलमा जेपी कोट्जेलाई पवेलियन फर्काए । कोट्जे २४ ओभर २ बलमै २ रन बनाएर आउट भए । उनको बलमा सन्दीप लामिछानेले क्याच गरेपछि नेपालले पाँचौँ सफलता हात पारेको हो ।  यु–१९ विश्वकपमा ह्याट्रिक गरेपछि तहल्का पिटेका सन्दीप लामिछानेले समेत राष्ट्रिय टोलीको डेव्यू खेलमै विकेट लिन सफल भएका छन् । सन्दीपले खेलमा तेस्रो विकेट लिए । उनले  सन्दीपको बलमा वसन्त रेग्मीले उत्कृष्ट क्याच गरेपछि नेवपाललाई तेस्रो विकेट हासिल भयो । 
 
सुरुवातमा विकेटको खाता तीब्र गतिका बलर सोमपाल कामीले खोले । तेस्रो ओभरको पहिलो बलमा सोमपालले पहिलो विकेट लिए । उनले कप्तान स्टेफन बार्डलाई एलविडब्लु धरापमा पारे ।  दोस्रो विकेटमा किपर जेन ग्रिन सोमपालकै धरापमा परे । अ‍ेल पहिले नेपाली टोलीका प्रशिक्षक जगत टमाटाले आफुहरुको जितको मूख्य आधार बलिङ हो भनेका थिए । उनले नामिवियालाई बलिङमा च्यापेर व्याटिङले जित्ने उद्घोष गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ