डिसहोमले ल्यायो बच्चाको लागि नयाँ रोमाञ्चक च्यानल 'रायम्स'
प्रकाशित २०७६ माघ ९ बिहिबार
918
Shares
काठमाडौं। डिसहोमले एउटा विशिष्ट च्यानल ‘रायम्स’ मार्फत भोलीको कर्णधारहरुको लागि आजको दिनमा रोमाञ्चक प्रारम्भिक शिक्षण आधार तयार पारेको छ। २ देखि १२ बर्षसम्मका बच्चाहरुको लागि अत्यन्तै अन्र्तक्रियात्मक च्यानल हो। तपाई च्यानल नं. ८०९ मा यो च्यानल हेर्न सकिनेछ।
च्यानलले बच्चाहरुको लागि एउटा पढ्नको लागि आधार प्रदान गर्नुका साथै अंग्रेजी तथा गणित जस्ता विषयहरुको मात्र नभई विभिन्न मनोवैज्ञानिक सामाग्रीको माध्यमबाट दिमाग सुढृढ बनाउन मद्धत गर्ने डिशहोमले जनाएको छ।
‘यो च्यालनले बच्चाहरुलाई घरमै बसेर सिक्न सक्ने एउटा उत्कृष्ट मञ्च प्रदान गर्दछ,’ कम्पनीको भनाई छ।