arrow

कप्तान पारस खड्काले भने, ‘अर्को खेल जित्न पनि मेहनत नै गर्नु पर्छ, सहज छैन’

logo
प्रकाशित २०७३ वैशाख ४ शनिबार
paras-khadka.jpg.jpeg
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले नामिवियासंग सोमबार हुने खेल जित्न समेत मेहनतै गर्नुपर्ने बताएका छन् । शनिबार कीर्तिपुर मैदानमा नामिवियासंग भएको पहिलो एक दिवसीय क्रिकेट जितेपछी प्रतिक्रिया दिँदै उनले भने, ‘हार जितमा सुख–दुःख हुन्छ नै, जित हुनु राम्रै हो, मलाई जित मन पर्छ, हामीले राम्रो खेल खेलेका हौं ।’
 
स्पिन मैत्री मैदानमा नामिवियाका बलर समेत बलिया थिए, पारसले थपे, ‘सुरुवातमा हामी दबाबमा रहयौं, पछि शरद र विनोदले राम्रो गरे, सबैले राम्रो खेलेका छन् ।’ राम्रो खेले प्रशंसा हुने र नराम्रो खेले आलोचना हुने प्रसंग झिक्दै पारसले भनेका छन्, ‘विनोदलाई टोलीमा फ्रिडम छ, उ राम्रो खेल्ने मान्छे हो, आज आफुलाई सही रुपमा प्रस्तुत गरेको छ ।’
 
यद्यपि, विनोदले  किपिङको जिम्मा पाउने भनेकामा पाएनन् । पारसले शरद राम्रो खेलाडी हो–भने । समग्रमा सवैले राम्रो खेलेकै कारण खेल जितेको भन्दै पारसले डेब्यु खेलमै सन्दिप र राजुले पनि राम्रो खेलेको सम्झिए । बलिङमा बसन्त त झन् पहिले देखिनै अब्बल छन् । पारसले सोमबारको खेल समेत सजिलो नरहेको भन्दै मेहनत गर्नै पर्ने बताए । यस्तै, सागर पुन घाइते छन् । उनले खेल्न सक्ने नसक्नेबारे आइतबार थाहा हुनेछ । 
 
नामिवियाका कप्तान बार्डले के भने ? 
नामिवियाका कप्तान स्टेफन बार्डले आफुहरुले सुरुवात राम्रो गरेपनि पछि पिचकै कारण सम्हालिन नसकिएको बताए । उनले भने, ‘सुरुवात राम्रो भयो मध्यान्तरबाट हामी दबाबमा रहयौं ।’ उनले बलिङ भने राम्रै चलेको बताए । यो खेलबाट पीचबारे केही टेक्निकल पक्ष थाहा पाएकाले आउँदो खेलमा राम्रो गर्ने उनको भनाई छ । घरेलु मैदानमा नेपाल १७ बल बाँकी छँदै ५ विकेटले विजयी भयो । यो जितले यसअघि, स्कटल्याण्ड र पपुवान्यूगिनीसंग व्यहोरेको हार विर्साएको छ । यद्यपि, यतिले मात्र नेपाललाई अघिल्लो चरण प्रवेशमा सहज हुने छैन । आगमी खेलहरु समेत जित्नै पर्ने हुन्छ ।    



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ