arrow

स्वास्थ्यमा जनचेतना खोइ ? 

logo
विजय राई,
प्रकाशित २०७६ माघ १० शुक्रबार
dhankutahelth99900.jpg

धनकुटा । स्वास्थ्य क्षेत्रमा व्यापक जनचेतना आवश्यक रहेकोमा जोड दिइएको छ । धनकुटामा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सले आयोजना गरेको अन्तक्र्रिया तथा छलफल कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् ।
 
धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्स का प्रवन्ध निर्देशक रामनारायण प्रसाद रामाले धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सको अवस्थाको वारेमा जानकारी गराउदै स्वास्थ्य क्षेत्रमा अझै पनि जनचेतना आवाश्यक रहेकोले त्यसका लागी आफु र धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सले सहयोग गर्ने बताए । 

सो अवसरमा नेकपा धनकुटका सचिवालय सदस्य उज्वल किराती, नेपाली कांग्रेसका सचिव विजय सन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, समाजवादी पार्टी धनकुटाका उपाध्यक्ष पार्वती राई, राष्ट्रिय जनमोर्चा धनकुटाका सचिव कोपिला शंकर, धनकुटा नगरपालिका वडा नंं ३ का वडाध्यक्ष विकास घिमिरे, नेपाल पत्रकार महासंघ धनकुटाका अध्यक्ष राजेश्वर बहादुर श्रेष्ठ, पूर्व अध्यक्ष खगेन्द्र घिमिरे, नेपाल प्रेस युनियन धनकुटाका अध्यक्ष हिमा चेम्जोङ्ग, युवा समाजसेवी जयपूर्ण भुजेल लगायतले मानिसका लागी स्वास्थ्य नै प्रमुख भएकाले स्वास्थ्य क्षेत्रमा राज्यले विशेष लगानी गर्नुपर्ने र निजी क्षेत्रलाई समेत लगानी गर्ने वातावरण बनाउनु पर्नेमा जोड दिएका थिए । उनीहरुले धनकुटामा अझै पनि स्वास्थ्य क्षेत्रका व्यापक जनचेतना अभियान संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सका एच ए कोडिनेटर लिला कटुवालले समेत जानकारी गराएका थिए । 

१ नम्वर प्रदेशमानै धनकुटा इन्स्टिच्यूट अफ हेल्थ साईन्सले स्वास्थ्य क्षेत्रमा सस्तोमा उत्कृष्ट शिक्षा प्रदान गरी उत्कृष्ट नजिता ल्याउन सफल भै नमुनाकै रुपमा संचालन गरी धनकुटाको विकास र समृद्धीमा समेत महत्वपूर्ण योगदान  पु-याईरहेको छ  ।

 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ