arrow

कलेज बस दुर्घटनामा एक जनाको मृत्यु, ६ जना घाईते 

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
school-bus-accident.jpg

रंगेली। मोरङको धनपालथानमा विधार्थी बोकेको कलेज बस दुर्घटना हुदा विहीवार विहान एक जनाको मृत्यु भएको छ भने ६ जना विधार्थी घाईते भएका छन्। रंगेलीबाट विधार्थी लिएर विराटनगर तर्फ जादै गरेको लर्ड बुद्ध कलेजको मे १ ख १४९० नम्बरको बस हुलाकी राजर्माग सडक खण्डको धनपालथान गाऊपालिका ६ रामचौक नजिकै दुर्घटना हुदा बसको सह चालक विराटनगर १५ बस्ने ३२ वर्षिय सानु साहको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ।

गम्भीर घाईते भएका उनको उपचारको क्रममा विराटनगर स्थित न्युरो हस्पीटलमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा कलेजमा ६ जना विधार्थी घाइेते भएका छन्। घाईते हुनेमा धनपालथान गाऊपालिका ४ बस्ने २० वर्षिय सुस्मा राजवंशी, १९ वर्षिय दिक्षा श्रेष्ठ, धनपालथान ७ बस्ने २० वर्षिया रन्जीता मण्डल, धनपालथान ६ बस्ने निकिता कुमारी राय, रंगेली नगरपालिका ४ की २० वर्षिय नुना गौतम र रंगेली २ बस्ने १८ वर्षिय स्वस्तीका कटुवाल रहेको छन्। उनिहरुको विराटनगर स्थित न्युरो हस्पीटलमा उपचार भइरहेको छ। 

इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरिक्षक लेखनाथ दाहालका अनुसार बाक्लो हुस्सुका कारण अनियन्त्रीत भई बस दुर्घटना भएको प्रारम्भीक अनुसन्धान बाट देखिएको बताए। कलेज बस सडक बाट करिव ६ फिट तल झरेर पल्टीएको छ। यता प्रहरीले बस चालक विराटनगर १७ बस्ने खिल बहादुर खड्का र बसलाई नियन्त्रणमा लिएको छ। बसमा १२ जना विधार्थीहरु सवार रहेका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ