arrow

अमेरिका र ओमानसंग खेल्ने नेपाली टोलीको घोषणा

सोमपाल र बसन्त आउट, कमल र सुशन पहिलो पटक इन

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
nepal-cricket.JPG

काठमाडौँ । अमेरिका र ओमानविरुद्ध एक दिवसीय क्रिकेट सिरिज खेल्ने नेपाली राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ ।

नेपाल क्रिकेट संघ क्यानले ज्ञानेन्द्र मल्लको कप्तानीमा शुक्रबार १४ सदस्यीय टोलीको घोषणा गरेको हो । सोमपाल कामी र बसन्त रेग्मीले आराम पाउँदा कमल सिंह ऐरी र सुशन भारीले पहिलो पटक एक दिवसीय राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भएका छन् । 

अलराउण्डर सोमपालको स्थान कमलले र स्पिनर बसन्तको स्थान सुशनले लिएका हुन् । 

यस्तो छ नेपाली टिम
ज्ञानेन्द्र मल्ल (कप्तान, दिपेन्द्र सिंह ऐरी (उपकप्तान) पारस खड्का, सन्दीप लामिछाने, करण केसी, आरिफ शेख, बिनोद भण्डारी, अभिनास बोहरा, कुशल मल्ल, कमल सिंह ऐरी, सुशन भारी, रोहित पौडेल, शरद भेसावाकर र ललित राजबंशी ।

यस्तै वैकल्पिक खेलाडीमा पवन सर्राफ, सुबास खकुरेल, सन्दीप जोरा र किशोर महतो रहेका छन् ।

पोखरामा एक हप्ता प्रशिक्षण र मलेसियाविरुद्धको तीन मैत्रीपूर्ण खेलपछि नेपाली टिम शुक्रबार काठमाडौँ फर्किन लागेको छ । नेपालले तीन वटै खेल जितेको थियो । 

यस्तो छ खेल तालिका–
कीर्तिपुरको टीयू मैदानमा हुने सिरिजको खेल तालिका यस्तो छ । 

माघ २२ – नेपालविरुद्ध ओमान

माघ २३ – ओमानविरुद्ध अमेरिका

माघ २५ – नेपालविरुद्ध अमेरिका

माघ २६ – नेपालविरुद्ध ओमान

माघ २८ – अमेरिकाविरुद्ध ओमान

माघ २९ – नेपालविरुद्ध अमेरिका



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ