arrow

पप्पुलाई कालोसूचीमा राखेपछि दयनिय बन्दै प्रदेशका आधुनिक सडक

logo
पुस्कर पौडेल,
प्रकाशित २०७६ माघ १० शुक्रबार
road-kailali.jpg

धनगढी । क्षेत्रीय सहरी विकास कार्यक्रमले ठेक्का प्रक्रिया टुंग्याउन नसक्दा सुदूरपश्चिम प्रदेशका आधुनिक सडकहरुको अवस्था दयनिय बन्दै गएको छ ।

गत असारमै संघीय आयोजना कार्यान्वयन इकाइले सडक विस्तार कार्यक्रमको प्राविधिक टेण्डरको मुल्यांकन गरी स्वीकृतिका लागि सार्वजनिक खरिद अनुगमन कार्यालयमा पठाइ सके पनि छ महिनासम्म प्राविधिक मूल्यांकन स्वीकृत भएर आउन नसक्दा सडक निमार्ण अघि बढ्न सकेको छैन ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण-पप्पु जेभीलाई कालोसूचीमा राखेपछि सडक योजनाहरु थप अन्यौलमा परेका छन् । क्षेत्रीय सहरी विकास कार्यक्रम अन्तर्गर्त निर्माण हुने सडकहरुमा निर्माण कार्य सुरु हुन नसक्दा यहाँका नागरिकहरुले सास्ती भोग्नुपरेको छ । धनगढी उपमहानगरपालीका भित्रका क्याम्पस रोड सडक, डिभोटी चोक पिपलचौतारा सडक र मालपोत रोडमा जताततै खाल्डाखुल्डी परेका छन् ।

सडक निर्माणमा ढिलाइ हुँदा निकै समस्या खेप्नु परेको धनगढी ५ तारानगरका स्थानीय बलदेव प्रसाद भट्टले बताए । उनले दशै लगतै सडक निर्माण गर्न भन्ने पनि अहिले सम्म सडक निर्माणको सुरुवादै नभएको जानकारी दिए । भित्री सडकहरु मुख्य रोड भन्द्या बढी भिडभाड हुने गरेको उहाँले बताउनु्भयो ।सडक निमार्णको समायावधि सकिन लागेकाले कुनै पनि बहानामा ढिलाई गर्न नहुने स्थानीय बासीले माग गरेका छन ।

धनगढीका अर्का स्थानीय भवानी सिहं भण्डारीले सडक निर्माण कार्य यथाशीघ्र अगाडि बढाउनुपर्ने बताए । निर्माण कम्पनी कालो सूचिमा रहेपनि अन्य निर्माण कम्पनीलाई ठेक्का दिएर भएपनि काम अगाडी बढाउनुपर्ने उनको माग रहेको छ । स्थानीय तह र प्रदेश सरकारको सडक निर्माणमा मुख्य भूमिका रहेको उनले जानकारी दिए ।सडक निर्माण गर्ने केही कम्पनी कालोसूचीमा परेकाले थप अन्यौल बढेको जनाएको छ ।

 सार्वजनिक खरिद अनुगमन कार्यालयले रमण पप्पु जेभीलाई कालोसूचीमा राखेपछि चारवटा स्थानीय तहमा लागू भएको सो कार्यक्रम अन्तर्गतका सडक योजनाहरु अन्यौलमा परेका छन् । क्षेत्रीय सहरी विकास कार्यक्रमका उपनिर्देशक श्याम बुढाथोकीले रमण पप्पु जेभीलाई कालोसूचीमा राखिए पनि हालसम्म विभागबाट कुनै सुझाव नआएको बताएृ । उनले तीन वटै सडकको ठेक्का निकालेर मुल्याकन भई सकेकाले केहि दिन भित्रै आर्थिक प्रक्रियामा लैजाने जानकारी दिए ।

 धनगढी उपमहानगरपालीकाकाले भन्ने ११ किलो मिटर सडकको ठेक्का प्रक्रिया अन्तिम चरणमा रहेको बताएको छ । प्राविधिक कारणले गर्दा पाँच वटा ठेक्दार मध्य एउटा ठेक्दार कालो सूचिमा परेकाले कानुनी अचण र प्राविधिक कारण काम अगाडी बढन नसकेको धनगढी उपमहानगरपालिका नगर प्रमुख नृपबहादुर ओडले बताए । उनले प्राविधिक मूल्यांकन स्वीकृत आए लगत्तै सडक निर्माणको कार्य अघि बढ्ने जानकारी दिए ।

आयोजना अन्तर्गत धनगढीमा १० दशमलब पाँच गोदावरीमा १५,भीमदत्तनगरमा १५ र शुक्लाफाँटा नगरपालिकामा चार किलोमिटर अत्याधुनिक सडक बन्न लागेको हो । सो सडकहरुका लागि धनगढीमा एक अर्ब १० करोड, गोदावरीमा ९० करोड, भीमदत्तमा एक अर्ब ३३ करोड र शुक्लाफाँटामा ३३ करोड गरी तीन अर्ब ६६ करोड रुपैया बजेट विनियोजन गरिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ