arrow

बलिउड स्टारबाट सन्तानको नाम राख्नेले थाहाँ पाउनुपर्ने वास्तविकता

logo
प्रकाशित २०७६ माघ १० शुक्रबार
bollywood3.jpg

काठमाडौं । बलिउड कलाकारको नामबाट प्राय मानिसहरुले आफ्ना सन्तानका नाम राख्ने गर्छन् । तर केहि बलिउड कलकारकै वास्तविक नाम भने उनिहरुलाई थाहा नहुन सक्छ । सलमान, अमिताभ लगायतका बलिउड कलाकारका यस्ता छन् वास्तविक नाम ।

बलिउड स्टार सलमान खानको वास्तविक नाम अब्दुल रशीद सलीम सलमान खान हो  । सनी लियोनको वास्तविक नाम करनजीत हो ।

भारतका महानायक अमिताभ बच्चनको असली नाम इंकलाब श्रीवास्तव हो। जोन अब्राहम नाम फरहान अब्राहम हो ।

डिम्पल गर्ल प्रीति जिन्टाको वास्तविकनाम प्रीतम सिंह जिन्टा हो। अक्षय कुमारको असली नाम राजीव हरी ओम भाटिया हो। मल्लिका शेरावतको वास्तविक नाम रीमा लांबा हो ।

अजय देवगनको असली नाम विशाल देवगन हो। जिया खानको नाम नफीसा रिजवी खान थियो। तब्बूको वास्तविक नाम तबस्सुम हाशमी खान हो ।

भारतीय दक्षिण चलचित्रका स्टार रजनीकान्तको नाम शिवाजी राव गायकवाड़ हो । रेखाको वास्तविक नाम भानूरेखा गणेसन हो । कट्रिना कैफको असली नाम कट्रिना तरकौटे हो ।

बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री  भनिने मधुबालाको असली नाम मुमताज जहां बेगम देहलवी थियो। निर्देशक , अभिनेता तथा निर्माता  गुरू दत्तको वास्तविक नाम वसन्त कुमार शिवशंकर पादुकोण थियो ।

ट्रेजडी क्वीनको नामले चर्चित मीना कुमारीको असली नाम महजबीं बानो थियो। चर्चित कमेडियन जोनी वकरको वास्तविक नाम बदरुद्दीन जमालुद्दीन काजी थियो ।

सनी देवलको वास्तविक नाम अजय सिंह देवल हो । बबी देवलको असली नाम विजय सिंह देवल हो ।

ऋषि कपूर 'चिंटू
ऋषि कपूरलाई  घरमा  'चिंटू  भनिन्छ। ऋषि कपूरको व्यक्तित्व देख्दा, उनको नाम एकदम हास्यास्पद देखिन्छ। यद्यपि केही दिन अघि ऋषिले ट्वीटर मार्फत आफ्ना बच्चाहरूको उपनाम राख्नु हुँदैन भनेका थिए ।

करीना कपूर खान- बेबो
कपूर परिवारमा 'निक' नाम राख्ने चलन रहेको छ। करीना कपूर खानको निक नाम 'बेबो' हो। सबैजना करीनालाई घरमा माया गरेर बेबो भनन्छन्। धेरै मानिसहरूलाई उनको नामको बारेमा थाहा नहुन सक्छ।

करिश्मा कपूर- लोलो
कपूर परिवारकी अर्को छोरी हुन् करिश्मा कपूर । बलिउडमा जादु चलाउने अभिनेत्री करिश्मा कपूरलाई घरमै 'लोलो' भनिन्छ। परिवारले उसलाई यो नाम दिएका हुन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ