arrow

प्रशिक्षक टमाटाको वाणी मिल्यो ‘नामिवियालाई बलिङमा च्यापेर व्याटिङले जित्छौं’

सोचे अनुसार सबैले राम्रो गरे ‘सोमबारको खेलमा यो भन्दा राम्रो गर्छौं’

logo
चन्द्र धामी,
प्रकाशित २०७३ वैशाख ४ शनिबार
jagat-tamata-1-.jpg.jpeg.jpeg
काठमाडौं । नयाँ वर्ष आरम्भको दिन । नेपाल–नामिवियाबीचको विश्व क्रिकेट लिग च्याम्पियनसिपको खेल हुनु भन्दा ३ दिन अघि । नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक जगत टमाटाले हाम्रा कुरासंग भनेका थिए, ‘नामिवियासंगको खेल हामी अवश्य जित्छौं....डेफिनेट्ली नेपाली टोलीले नै खेल जित्छ, ‘नामिवियालाई बलिङमा च्यापेर व्याटिङले जित्छौं’ ।’ बलिङले खास दबाब दिने बताएका टमाटाले शनिबार खेल जितेपछि पनि सोही कुरा दाेहोर्‍याए । उने भने, ‘हाम्रो बलियो पक्ष बलिङ नै थियो, व्याटिङमा पनि हामीले जस्तो सोचेका थियौं त्यस्तै प्रदर्शन भयो, मैले सोचे अनुरुप नै भयो ।’ कीर्तिपुर मैदानमा व्याटिङ गर्न सजिलो नभएको बताउँदै टमाटाले नामिवियाले दिएको चुनौती र विकेटका आधारलाई हेर्ने हो भने नेपाली टोलीले उत्कृष्ठ प्रदर्शन गरेको हो– भने । 
 
व्याटिङमा आ–आफ् नो तर्फबाट सबैले राम्रै गरे, प्रशिक्षक टमाटाले थपे, ‘राजु यु–१९ बाट आएकाले प्रेसरमा पर्नु स्वभाविकै हो, पछि राजुले आफुलाई निकै संयमित बनायो, यो लेभलको खेलमा डेब्यु खेलाडीलाई स्वभाविकै अफ्ठ्यारो हुन्छ ।’ त्यसमा पनि नामिविया पनि अनुभवि टोली हो । व्याटिङ गर्न सजिलो छैन । विकेटको अवस्था हेर्दा अन्य ठाउँको भन्दा निकै भिन्न छ । टमाटाले भने, ‘कोही बल रोकिएर आउँछ, कोही बल स्टम्प हुन्छ, यस्तोमा कठिन हुन्छ ।’ यद्यपि, शरद र विनोदले प्रेसर डाउन गरे । जसको फलस्वरुप खेल हामीले जित्यौं । 
 
डेब्यु खेलाडीको प्रर्दशन कस्तो रहयो ? 
प्रशिक्षक टमाटाले डेब्यु खेलाडी राजु रिजाल सुरुमा प्रेसरमा परेको बताए । उनले यो लेभलमा पहिलो पटक खेलेकाले सुरुवातमा प्रेसर थियो, टमाटाले भने, ‘पछि राजुले ७ ओभर कटेपछि संयमित रुपमा खेले ।’ सुरुवाती खेलमा यत्तिको गर्न सक्नु राम्रै हो । सन्दीपले आफ्नो पक्षबाट  राम्रै गरेको प्रशिक्षक टमाटाले बताए । उनले भने, ‘यी दुईले राम्रै गरेका छन्, यी नेपाली क्रिकेटका भविश्य (फ्यूचर ) पनि हुन् ।’समग्रमा सबैले राम्रै गरेका छन् । 
 
सोमबारको खेल के हुन्छ ? 
सोमबारको खेलमा यो भन्दा राम्रो गर्ने विश्वास छ । प्रशिक्षक टमाटाले विश्वस्त हुँदै भने, ‘सोमबार यो भन्दा राम्रौ गर्छौं, सबैको प्रफमेन्स राम्रो छ ।’ यो खेलमा समेत हामीलाई यति सम्म गए भने खेल जित्छौं भन्ने पूर्ण जानकारी थियो । टमाटाले भनेका छन्, ‘नामिवियाको चुनौतीलाई कम आँक्न मिल्दैन, यो अवस्थामा सहजै जित्न सकिँदैन, त्यसैले सोबारको खेलमा राम्रो क्रिकेट खेल्छौं, हामी राम्रो क्रिकेटमा विश्वास गर्छौं ।’ व्याट्सम्यान र बलरले गल्ती सुधार गर्दै मेहनत गर्नु पर्छ । बलरले समेत यो भन्दा कम रनमै रोक्न सक्नु पर्ने हुन्छ, निकै अफ्ठ्यारो विकेट छ । त्यैसैले व्याटिङ राम्रो गर्नु पर्दछ । यद्यपि, जित हाम्रै हुन्छ । 
 
शरद आउट भएको भए निकै प्रेसर हुन्थ्यो : पूर्व कप्तान दास 
नेपाली क्रिकेटका पूर्व कप्तान विनोद दासले शनिबारको खेलको अवस्था हेर्दा नामिवियाले समेत राम्रो खेलेकाले अबको खेल जित्न नेपालले व्याटिङ र बलिङ सुधार गर्नै पर्ने बताएका छन् । काठमाडौं बाहिर रहेकाले टेलिभिजनमै खेल हेरेको सुनाउँदै उनले भने, ‘नेपाली टोलीका खेलाडीले राम्रो खेले, बलिङ राम्रो थियो, जसले विकेट राम्रो भएर आयो, चुनौती कमजोर थिएन, नामिवियाले पनि राम्रो खेलेको थियो, नयाँ ठाउँमा पनि उसले आफुलाई राम्ररी प्रस्तुत गर्न सक्यो ।’
 
यद्यपि, नेपाली बलरले नामिवियालाई यस्तो स्कोर बनाउन नदिनु पर्ने र थोरै रनमा रोक्नु पर्नेमा त्यसो हुन नसकेको दासले हाम्राकुरालाई बताए । पूर्व कप्तान दासले भने, ‘शरद आउट भएको भए निकै प्रेसर हुन्थ्यो, विनोदले प्र्रेसर कम गरे, जस कारण टोलीले खेल जित्न सक्यो ।’ शरदले ९९ बल (१६ ओभर ४ बल) सामना गर्दै अर्थ सतक पूरा गरे । तेस्रो लहरमा क्रिजमा आएका उनले झण्डै ३५ ओभर खेले । यस्तै, विनोदले ४९ बल (८ ओभर १ बल) सामना गरेर ४० रन बनाए । सोमबारको खेल जित्न भने नेपाली टोलीले बढी प्रेसर दिने र कम रनमा रोक्ने गरी प्रस्तुत हुनु पर्दछ –उनले भनेका छन् ।   
 
हामी बाहिर बाहिरै भएपनि टोली जित्यो खुसी लागेको छ : प्याकुर्‍याल
नेपाल क्रिकेटसंघ क्यान भित्रको आन्तरिक विवादले व्यवस्थापन समिति खेल गतिविधिमा संलग्न हुन पाएन । एउटै संस्थाका दुई कार्यसमिति भएपछि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीले भरपर्दो व्यवस्थापकिय निकाय नभएको भन्दै आफै खेल संचालन गरिरहेको छ । क्यान कार्यसमिति विवादका कारण पनि खेल अन्तै सार्ने सम्मको चेतावनी दिएको आइसीसी सुरक्षा व्यवस्था र खेल मैदानको स्तरोन्ततिका कारण लचिलो हुँदै आफै नेपालको घरेलु मैदानमा खेल संचालन गर्न राजि भयो । सर्वोच्चमा विचाराधिन मुद्दाका कारण क्यानका दुवै कार्यसमति बाहिर रहे । यद्यपि, प्रशासनिक हिसावले क्यान सहयोगी बनेको छ ।
 
राष्ट्रिय खेलकुद परिषद्ले समेत सहयोगीको भूमिका खेलिरहेको छ । चतुरबहादुर चन्द नेतृत्वको निर्वाचित क्यान महासचिव अशोकनाथ प्याकुर्‍यालले नेपाली टोलीले जितेकामा खुसी लागेको बताए । उनले भने, ‘नेपाली खेलाडीले खेल राम्रै खेले, नामिवियालाई अर्को अ‍ेलमा पनि जित्छ, नामिविया सधैं नेपालले हराउँदै आएको टिम हो ।’ मेहनत गरे सफलता हाम्रै पक्षमा छ ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ